Oct 29 2026 | २०८३, कार्तिक १३गते

सामाजिक अन्धबिश्वास !

महिनावारी हुदा छात्रा पढ्न गएको भन्दै बिद्यालयमा क्षेमापुजा गरीदै !

महिनावारी हुदा छात्रा पढ्न गएको भन्दै बिद्यालयमा क्षेमापुजा गरीदै !

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 1.7K
    SHARES

  • महिनावारी हुदा छात्रा पढ्न गएको भन्दै बिद्यालयमा क्षेमापुजा गरीदै !

    बैतडी , पढ्न गएका छात्राहरु महिनावारी ( छाउ ) भएको बेला विद्यालय जाने गरेकोले दिनदिनै बेहोस हुन थालेको भन्दै अभिभाव र शिक्षकले क्षमापूजागर्ने तयारी गरेका छन् । बैतडीको दशरथचन्द नगरपालिका–१०, रातामाटा स्थित दानेश्वर नागार्जुन माविका छात्राहरु एकपछि अर्को गर्दै दैनिक रुपमा विद्यायमै बेहोस् हुन थालेको विद्यायले जनाएको छ।

    छात्राहरु बेहास हुन थाले पछि फागुन १२ गतेदेखि सञ्चालन हुने भनिएक परीक्षा १६ गते सारिएको विद्यलायका प्रधानाध्यापक गोपाल जोशीले बताउनुभयो । दुई चार दिनपहिले ३ जना छात्रा बेहोस भएर काँपे तर फागुन ९ गतेका दिन त ११ जना छात्राहरु एकै काप्न थाले । त्यसपछि लगातार सबै छात्रा काम्नथालेका छन् । यसले गर्दा विद्यालयको पढाई नै प्रभावित बनेको प्रधानाध्यापक जोशिले बताए ।

    केही अभिभावकले दानेश्वर नागार्जुन देवताप्रती बिश्वास गर्ने हुदा छाउ हुँदा विद्यालय जाने गरेकोले यस्तो भएको भन्दै अभिभावकको मन शान्तिका लागि भए पनि पूजारी बोलाएर क्षमापूजा गरिने भएको छ ।

    यद्यपि, देउताकै कारण छात्राहरु बेहोस भएकाहुन् भन्ने कुनै ग्यारेन्टी नभएकोले चिकित्सक बोलाएर मनोपरामर्श सञ्चालन गर्नु पर्ने प्रधानाध्यापक जोशीले बताउनु भयो । विद्यालयमा चिकित्सको टोली पठाई दिन नगरपालिका सँग आग्रह गरिएको उहाँले बताउनुभयो ।

    छात्राहरु बेहोस हुन थालेको विषयमा जानकारी प्राप्त भएको बताउँदै जिल्ला अस्पताल बैतडीका डाक्टर वशन्तराज जोशीले बुधबार सम्म चिकित्सकको टोली खटाईने बताउनुभयो । डाक्टर जोशीका अनुसार किशोर अवस्थामा हुने ‘मास कन्सटेशन डिसअर्डर’ का कारण यस्तो समस्या आएको बताउनुभयो ।

    गोरखापत्र बाट

    images
    मंगलवार, फाल्गुण ११ २०७७०५:१३:४९
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल