Oct 29 2026 | २०८३, कार्तिक १३गते

सामुदायिक विद्यालयमा अवदेखी ‘जङ्क फुड’ निषेध,

सामुदायिक विद्यालयमा अवदेखी ‘जङ्क फुड’ निषेध,

  • मंगलवार, फाल्गुण ४ २०७७

  • 1.6K
    SHARES

  • सामुदायिक  विद्यालयमा अवदेखी ‘जङ्क फुड’ निषेध,

     शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । प्याकेजिङ गरिएका तयारी खानाले विद्यार्थीहरुको स्वास्थ्यलाई असर पुर्याउने भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।

    केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्नुपर्ने भन्दै विभिन्न ६० प्रकारका ‘मेनु’ समेत तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले  सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ ।

    सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि रु सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिएको छ ।

    हाल देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराउदै आएकोछ । यसकालागी सरकारले कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक रु २० र अन्य क्षेत्रमा विद्यार्थीलाई रु १५ का दरले दिवाखाजाको रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

    images
    मंगलवार, फाल्गुण ४ २०७७०७:३२:१८
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल