Oct 28 2026 | २०८३, कार्तिक १२गते

भाषाविज्ञान ओलम्पियाडमा नेपालको ऐतिहासिक सफलता, प्रज्ञान देवकोटाले जिते ‘विशेष प्रशंसा’

भाषाविज्ञान ओलम्पियाडमा नेपालको ऐतिहासिक सफलता, प्रज्ञान देवकोटाले जिते ‘विशेष प्रशंसा’

  • 394
    SHARES

  • IMG_20260904_152946.jpgकाठमाडौँ । अन्तर्राष्ट्रिय भाषाविज्ञानको मञ्चमा नेपालले पहिलोपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। रोमानियाको राजधानी बुखारेस्टमा सम्पन्न २३औँ अन्तर्राष्ट्रिय भाषाविज्ञान ओलम्पियाड (आईओएल) मा नेपाली विद्यार्थी प्रज्ञान देवकोटाले ‘विशेष प्रशंसा’ (Honourable Mention) प्राप्त गरेका छन्।

    यस उपलब्धिसँगै अन्तर्राष्ट्रिय भाषाविज्ञान ओलम्पियाडको इतिहासमा नेपालले पहिलोपटक पुरस्कार हासिल गरेको हो। विश्वका विभिन्न देशबाट सहभागी उत्कृष्ट माध्यमिक तहका विद्यार्थीबीच भएको प्रतिस्पर्धामा प्रज्ञानले नेपालका लागि महत्वपूर्ण सफलता दिलाएका हुन्।

    प्रज्ञानसँगै नेपाली टोलीमा प्रत्युष राज झा, आयास श्रेष्ठ र मिकाह राणा सहभागी थिए। उनीहरूले व्यक्तिगत तथा समूहगत विधामा विश्वभरका प्रतिभाशाली विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरेका थिए।

    आयोजकका अनुसार यो सफलता नेपालमा भाषाविज्ञान ओलम्पियाडको सुरुआत गर्ने चन्दन गुप्ताले सन् २०१७ मा देखेको दीर्घकालीन परिकल्पनाको महत्वपूर्ण उपलब्धि हो। करिब एक दशकको प्रयासपछि नेपाली विद्यार्थीले पहिलोपटक अन्तर्राष्ट्रिय भाषाविज्ञान ओलम्पियाडमा पुरस्कार जित्न सफल भएका हुन्। यो उपलब्धिले नेपाली विद्यार्थीको भाषिक क्षमता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनीहरूको सम्भावनालाई थप उजागर गरेको छ।

    images
    शुक्रवार, भाद्र १९ २०८३०३:२८:०९

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल