Oct 28 2026 | २०८३, कार्तिक १२गते

बीईजीको ‘क्लास अफ २०२६’ दीक्षित, चार संस्थाका विद्यार्थी सम्मानित

बीईजीको ‘क्लास अफ २०२६’ दीक्षित, चार संस्थाका विद्यार्थी सम्मानित

  • 382
    SHARES

  • बीईजीको ‘क्लास अफ २०२६’ दीक्षित, चार संस्थाका विद्यार्थी सम्मानित

    काठमाडौँ । ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) अन्तर्गतका चार शैक्षिक संस्थाका विद्यार्थीको संयुक्त दीक्षान्त समारोह काठमाडौँको सोल्टीमा सम्पन्न भएको छ। ‘क्लास अफ २०२६’ नाम दिइएको समारोहमा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको शैक्षिक उपलब्धि उत्सवका रूपमा मनाइएको हो।

    द ब्रिटिस कलेज (टीबीसी) को १२औँ दीक्षान्त समारोहलाई यसपटक समूहस्तरीय समारोहका रूपमा आयोजना गरिएको थियो। कार्यक्रममा द ब्रिटिस कलेज, ब्रिटिस इन्टरनेसनल कलेज, ब्रिटिस मोडल कलेज र ब्रिटिस प्रोफेसनल कलेजका विद्यार्थी सहभागी भएका थिए।

    समारोहमा व्यवसाय, कम्प्युटिङ, सूचना प्रविधि र लेखालगायत विभिन्न विषयका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई उपाधि तथा योग्यता प्रदान गरिएको थियो। कार्यक्रममा एक्जिक्युटिभ एमबीए, एमबीए, एमएससी आईटी, एमएससी एडभान्स्ड कम्प्युटर साइन्स, एमएससी प्रोफेसनल एकाउन्टेन्सी, एसीसीए, बीबीए, बीएससी (अनर्स) कम्प्युटिङ तथा बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक्सका विद्यार्थी सहभागी थिए। ए लेभल तथा विभिन्न व्यावसायिक योग्यताका विद्यार्थीसमेत समारोहमा सम्मानित भए।

    विद्यार्थीहरूले समूहका अन्तर्राष्ट्रिय शैक्षिक साझेदार लिड्स बेकेट युनिभर्सिटी, युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड, कील युनिभर्सिटी, युनिभर्सिटी अफ लन्डन, एसीसीए र क्याम्ब्रिज इन्टरनेसनलबाट सम्बन्धित उपाधि तथा योग्यता प्राप्त गरेका हुन्।

    शैक्षिक जुलुससहित सुरु भएको समारोहमा नेपाल र बेलायतको राष्ट्रगान बजाइएको थियो। त्यसपछि बीईजीका ग्रुप सीईओ राजेन कंडेलले परम्परागत पानस बालेर समारोहको औपचारिक उद्घाटन गरे।

    समारोहलाई सम्बोधन गर्दै सीईओ कंडेलले ‘क्लास अफ २०२६’ का विद्यार्थीहरू टीबीसीका ४ हजारभन्दा बढी तथा बीईजीका १० हजारभन्दा बढी स्नातक रहेको अल्युम्नाइ सञ्जालमा जोडिएको बताए। उनले विद्यार्थीलाई आगामी अध्ययन, व्यावसायिक करिअर र नयाँ अवसरका क्रममा कलेज तथा समूहसँग निरन्तर जोडिइरहन आग्रह गरे।

    उनले विद्यार्थीहरूको मेहनतसँगै उनीहरूको शैक्षिक यात्रामा परिवार र प्राध्यापकले दिएको सहयोगप्रति आभार व्यक्त गरे।

    कार्यक्रममा द ब्रिटिस कलेजका सल्लाहकार पल क्लिभ्स एमबीई तथा बेलायतस्थित भुटानका प्रथम मानार्थ महावाणिज्यदूत एवं टीबीसीका पूर्वसल्लाहकार माइकल रटल्यान्ड ओबीईले स्नातक विद्यार्थीलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना दिए।

    त्यस्तै, लिड्स बेकेट युनिभर्सिटीका वरिष्ठ प्रवक्ता डेभ चेस्ली शैक्षिक साझेदारीको प्रतिनिधित्व गर्दै समारोहमा सहभागी भए। युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्डका उपकुलपति प्रोफेसर स्टिभ वेस्ट सीबीई, कील युनिभर्सिटीका उपकुलपति प्रोफेसर केभिन शेकशेफ तथा युनिभर्सिटी अफ लन्डनका साइमन क्लियरीले भिडियो सन्देशमार्फत स्नातक विद्यार्थीलाई बधाई दिएका थिए।

    समारोहमा उपाधि वितरणसँगै उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ‘एक्सलेन्स अवार्ड्स’ समेत प्रदान गरियो। विभिन्न शैक्षिक कार्यक्रमका विद्यार्थी प्रतिनिधिले आफ्ना अनुभव तथा स्नातकसम्मको यात्राबारे धारणा राखेका थिए।

    द ब्रिटिस कलेजका कन्ट्री डाइरेक्टर अरुण कंडेलको धन्यवाद ज्ञापनसँगै समारोहको औपचारिक कार्यक्रम सम्पन्न भएको थियो।

    images
    मंगलवार, आश्विन २० २०८३०७:५०:०९

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल