बिहिवार, आश्विन ८ २०८३
काठमाडौँ । काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) बागबजारले बाढीपीडितको सहयोगार्थ २३ लाख ७० हजार ३१६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
विद्यालय तथा कलेजका विद्यार्थी प्रतिनिधिमार्फत शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो।
केएमसीका अनुसार उक्त रकममध्ये संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३, शिक्षक तथा कर्मचारीबाट ५ लाख ७५ हजार ७४७ र विद्यार्थीबाट २ लाख ५८ हजार २५० रुपैयाँ संकलन भएको हो।
यसैगरी, बाढीमा अभिभावक गुमाएका केएमसीका चार विद्यार्थीलाई विद्यार्थी समितिले जनही ५१ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ।
केएमसीले तत्कालीन राहतसँगै बाढी प्रभावित क्षेत्रमा दीर्घकालीन शैक्षिक सहयोग गर्ने योजना पनि बनाएको जनाएको छ। क्षतिग्रस्त शैक्षिक संरचनाको पुनर्निर्माण, मनोसामाजिक परामर्श र शिक्षक आदानप्रदानलगायत कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।
विद्यालयले बाढीबाट प्रभावित आफ्ना विद्यार्थीको पठनपाठनमा समेत आवश्यक सहयोग र सहजीकरण गर्ने जनाएको छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल