Oct 28 2026 | २०८३, कार्तिक १२गते

बुटवलमा दुई दिन विद्यालय बन्द

बुटवलमा दुई दिन विद्यालय बन्द

  • 325
    SHARES

  • बुटवलमा दुई दिन विद्यालय बन्द

    बुटवल उपमहानगरपालिकाले सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

    असोज ८ गते दिवा सत्रका कक्षा र असोज ९ गते बिहानी र दिवा दुवै सत्रका सम्पूर्ण कक्षा बन्द रहनेछन्। उपमहानगरपालिकाले बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्न विद्यालय तथा अभिभावकलाई आग्रह गरेको छ। बुटवल । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार नगर प्रमुखस्तरीय निर्णयबाट असोज ८ गते दिवा सत्रका कक्षा मात्र बन्द गरिनेछ। यस्तै, असोज ९ गते बिहानी र दिवा दुवै सत्रका सम्पूर्ण कक्षा बन्द रहनेछन्।

    सम्भावित बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्न विद्यालय तथा अभिभावकलाई आग्रह गरेको छ।

    उपमहानगरपालिकाले बालबालिकालाई खोला किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा जान नदिन र आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। जारी सूचनामा निर्णयअनुसार विद्यालयको पठनपाठन बन्द गरी आवश्यक कार्यान्वयन गर्न तथा गराउन सबै विद्यालयलाई निर्देशन दिइएको छ।

    images
    बिहिवार, आश्विन ८ २०८३१०:५९:०३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल