बिहिवार, भाद्र १८ २०८३
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका विद्यार्थीहरूलाई समान व्यवहार गर्न माग गर्दै बिहीबार केन्द्रीय कार्यालयअगाडि प्रदर्शन गरिएकाे छ।
बुधबार जारी पत्रमा डिप्लोमा अध्ययनरत विद्यार्थीहरूले परीक्षामा होमसेन्टर (आफ्नै कलेजमा परीक्षा केन्द्र) को व्यवस्थाबारे देखिएको असमानताप्रति आपत्ति जनाएका छन्। होम सेन्टर नदिने निर्णय भएमा सबै विद्यार्थीका लागि समान रूपमा लागू हुनुपर्ने र होम सेन्टर दिने निर्णय भए सबैलाई समान अवसर दिइनुपर्ने उनीहरूकाे माग छ।
टाढाका परीक्षा केन्द्रमा जाँदा यातायातको समस्या, अतिरिक्त खर्च, समयको बर्बादी र मानसिक तनाव ब्यहाेर्नुपर्ने भन्दै विद्यार्थीहरूले निष्पक्ष परीक्षाका अन्य उपाय हुँदाहुँदै अनावश्यक सास्ती नदिन आग्रह गरेका छन्।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल