Oct 28 2026 | २०८३, कार्तिक १२गते

एसियाली खेलकुदका लागि दुई नेपाली ट्रायथलन प्राविधिक जापान प्रस्थान

एसियाली खेलकुदका लागि दुई नेपाली ट्रायथलन प्राविधिक जापान प्रस्थान

  • 325
    SHARES

  • एसियाली खेलकुदका लागि दुई नेपाली ट्रायथलन प्राविधिक जापान प्रस्थान

    काठमाडौँ । नेपाल ट्रायथलन संघले २०औँ एसियाली खेलकुदमा सहभागी हुन जापान जाने दुई जना ट्रायथलनका प्राविधिक अधिकृतलाई बिदाइ गरेको छ।

    जापानको आइची–नागोयामा हुने एसियाली खेलकुदमा नेपालका चाहना शाह र पुष्परत्न बज्राचार्य ट्रायथलन टेक्निकल अफिसरका रूपमा सहभागी हुँदैछन्। नेपाल ट्रायथलन संघले बुधबार उनीहरूलाई बिदाइ गरेको हो।

    नेपाल ट्रायथलन संघका अध्यक्ष निलेशराज श्रेष्ठ दुवैले एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता तथा प्रतियोगिता सञ्चालनमा प्राविधिक अधिकृतको भूमिका महत्वपूर्ण हुने बताए।

    एसियाली खेलकुदमा नेपाली ट्रायथलन खेलाडीले सहभागिता जनाउन नसके पनि नेपाली प्राविधिकको सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व हुने संघले जनाएको छ।

    अध्यक्ष श्रेष्ठले एसियाली खेलकुदजस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राविधिक अधिकृतका रूपमा नेपालीको सहभागिता गौरवको विषय भएको बताए।

    images
    मंगलवार, भाद्र ३० २०८३०८:३३:४८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल