आइतवार, भाद्र २८ २०८३
काठमाडौं । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि नेपालले १५ सदस्यीय पुरुष क्रिकेट टोली घोषणा गरेको छ। टोलीको कप्तानी अलराउन्डर दीपेन्द्रसिंह ऐरीले गर्नेछन्।
घोषित टोलीमा दीपेन्द्रसिंह ऐरीसँगै लोकेश बम, कुशल भुर्तेल, गुलशन झा, सन्दीप जोर्रा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, कुशल मल्ल, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, मोहम्मद आसिफ शेख र नन्दन यादव रहेका छन्।
एसियाली खेलकुदका लागि सार्वजनिक गरिएको टोलीमा नेपाली क्रिकेटका अनुभवी तथा युवा खेलाडीलाई समेटिएको छ। प्रतियोगितामा नेपाली टोलीले बलियो प्रदर्शन गर्ने लक्ष्यसहित तयारी अघि बढाउनेछ।
टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन्। यस्तै अब्दुल सत्तार प्रशिक्षकका रूपमा टोलीमा छन्। विनोदकुमार दासले टिम लिडरको जिम्मेवारी पाएका छन् भने लोकेन्द्र कुँवर मेडिकल पर्सनल र रमण शिवाकोटी प्राविधिक टोलीमा रहेका छन्।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाली टोलीमा लोकेश बम, कुशल भुर्तेल, गुलशनकुमार झा र सन्दीप जोरालगायतका खेलाडीसमेत रहेका छन्। एसियाली खेलकुद नेपाली क्रिकेट टोलीका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल