Oct 28 2026 | २०८३, कार्तिक १२गते

कर्णाली शिवराज एनभीएलको फाइनलमा, उपाधिका लागि अन्नपूर्णसँग भिड्ने

कर्णाली शिवराज एनभीएलको फाइनलमा, उपाधिका लागि अन्नपूर्णसँग भिड्ने

  • 313
    SHARES

  • कर्णाली शिवराज एनभीएलको फाइनलमा, उपाधिका लागि अन्नपूर्णसँग भिड्ने

    काठमाडौं । कर्णाली शिवराज एक्स्ट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा प्रवेश गरेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्लेअफ खेलमा काठमाडौं रेड्सलाई ३–१ को सेटमा पराजित गर्दै कर्णालीले उपाधि भिडन्त पक्का गरेको हो।

    रोमाञ्चक खेलमा कर्णालीले काठमाडौंलाई २५–२२, २०–२५, २५–२३ र २५–२२ को सेटमा हरायो। जितसँगै कर्णालीका अलिजा अबालुच ‘प्लेयर अफ द म्याच’ घोषित भए।

    लिग चरणमा कर्णालीले ११ अंक जोड्दै दोस्रो स्थान हासिल गरेको थियो भने काठमाडौं रेड्स १० अंकसहित तेस्रो बनेको थियो। लिगमा शीर्ष स्थानमा रहेको अन्नपूर्ण स्पाइकर किंग्स भने १२ अंकसहित सोझै फाइनलमा पुगेको थियो।

    प्रतियोगितामा नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गरेको लिगमा ६ पुरुष टोलीको सहभागिता रहेको छ। लिगको शीर्ष स्थानमा रहने टोलीले सोझै फाइनलमा स्थान बनाउने र दोस्रो तथा तेस्रो स्थानका टोलीबीच प्लेअफ खेल हुने प्रावधानअनुसार कर्णालीले फाइनलको यात्रा तय गरेको हो।

    अब एनभीएलको उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुनेछ। उपाधि विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

    यससँगै पहिलो संस्करणको एनभीएल उपाधिका लागि अन्नपूर्णको उत्कृष्ट लय र कर्णालीको प्लेअफ जितको आत्मविश्वासबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

    images
    शनिवार, भाद्र २७ २०८३०७:१२:४२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल