Oct 28 2026 | २०८३, कार्तिक १२गते

अन्नपूर्ण स्पाइकर किंग्सको शानदार छलाङ, सगरमाथालाई हराउँदै एनभिएल फाइनलमा

अन्नपूर्ण स्पाइकर किंग्सको शानदार छलाङ, सगरमाथालाई हराउँदै एनभिएल फाइनलमा

  • 352
    SHARES

  • अन्नपूर्ण स्पाइकर किंग्सको शानदार छलाङ, सगरमाथालाई हराउँदै एनभिएल फाइनलमा

    काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभिएल) मा दमदार प्रदर्शन गर्दै फाइनलको टिकट पक्का गरेको छ।

    लिग चरणको आफ्नो अन्तिम खेलमा सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्दै अन्नपूर्ण १२ अंकसहित शीर्ष स्थानमा रह्यो। शीर्ष स्थानमा रहेकाले अब उसले सोझै उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ। लिगका बाँकी खेलको नतिजाले पनि अन्नपूर्णको शीर्ष स्थानमा कुनै असर पार्ने छैन।

    रोमाञ्चक सुरुवात गरेको सगरमाथाले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै अन्नपूर्णलाई दबाबमा राखेको थियो। तर त्यसपछि अन्नपूर्णले खेलको लय समात्दै लगातार तीन सेट आफ्नो नाममा लेखायो।

    अन्नपूर्णले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–१४ र चौथो सेट २५–२० ले जित्दै खेल आफ्नो पक्षमा पार्‍यो।

    पहिलो सेटमा पछि परेको अन्नपूर्णले त्यसपछि देखाएको पुनरागमन नै खेलको निर्णायक मोड बन्यो। लगातार तीन सेट जित्दै उसले सगरमाथाको चुनौती समाप्त पार्नुका साथै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो।

    अर्कोतर्फ, लगातार तेस्रो हार व्यहोरेपछि सगरमाथा स्म्यासर्स भने एनभिएलको उपाधि दौडबाट बाहिरिएको छ।

    नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गरेको प्रतियोगितामा एक्सट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक रहेको छ। प्रतियोगितामा ६ टोलीको सहभागिता छ।

    सिंगल राउन्ड रोबिन लिगपछि शीर्ष स्थानमा रहने टोलीले सोझै फाइनल खेल्ने व्यवस्था छ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।

    एनभिएलको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ, जुन नेपाली भलिबलको इतिहासमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि हो। प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ।

    कनेक्टेड बाइ एनसेल रहेको प्रतियोगितामा यती कार्पेट फ्लोरिङ पार्टनर, वल्र्डलिंक इन्टरनेट पार्टनर, डिएभी स्कुल एजुकेसन पार्टनर, हिमालय लाइफ इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर, नेपाल पर्यटन बोर्ड टुरिजम पार्टनर, रझान्स आयल हेल्थ पार्टनर तथा एक्स–ऐज डिजिटल पार्टनरका रूपमा रहेका छन्।

    नेपालमा पहिलोपटक आयोजना भएको पुरुष भलिबलको फ्रेन्चाइज लिगको फाइनल खेल भदौ २७ गते हुनेछ। अब अन्नपूर्णको नजर भने लिगको पहिलो उपाधि उचाल्ने ऐतिहासिक अवसरमा केन्द्रित हुनेछ।

    यस जित संगै मुख्प्रय शिक्षक रमेश के सि को चतुर  रणनीतिको समेत चर्चा चुलिएको छ।IMG_20260910_150734.jpg

    images
    बिहिवार, भाद्र २५ २०८३०३:०५:५६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल