Oct 28 2026 | २०८३, कार्तिक १२गते

स्पिनरको जादुमा ओमान ध्वस्त, नेपाल फाइनलमा

स्पिनरको जादुमा ओमान ध्वस्त, नेपाल फाइनलमा

  • 397
    SHARES

  • स्पिनरको जादुमा ओमान ध्वस्त, नेपाल फाइनलमा

    २५ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि शानदार जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको छ।

    स्पिन बलरहरूको उत्कृष्ट प्रदर्शनपछि नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमै ६० रनमा समेटियो।

    ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए भने जितेन रामानन्दीले १३ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।

    नेपालको जितमा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी नायक बने। दुवैले समान ३ विकेट लिए। रोहित पौडेल र ललित राजवंशीले २–२ विकेट लिएपछि ओमानको ब्याटिङ लाइनअप टिक्न सकेन।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। बसिर अहमदले ४७ रनको महत्वपूर्ण योगदान दिए। नेपाल ३६ रनमा ४ विकेट गुमाएर दबाबमा परेको अवस्थामा दीपेन्द्र र बसिरले ९३ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्‍याएका थिए।

    देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालले २३ रनमा पहिलो विकेट गुमाएको थियो भने त्यसपछि ३६ रनमै चार विकेट गुमाउँदै संकटमा परेको थियो। पाँचौँ विकेटका लागि महत्वपूर्ण साझेदारी भएपछि नेपाल १२९ रनसम्म पुगे पनि अन्ततः १४७ रनमा अलआउट भयो।

    ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिँदै ३ विकेट लिए। मुहम्मद इमरानले २ तथा शकील अहमद र मुजिबुर अलीले १–१ विकेट लिए।

    सेमिफाइनल जितसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि समेत छनोट भएको छ।

    अब नेपालले उपाधिका लागि यूएईसँग फाइनल खेल्नेछ। शनिबार हुने फाइनलमा नेपाल विजयी भए आगामी एसिया कपमा स्थान सुरक्षित गर्नेछ। त्यसैले नेपालका लागि फाइनल खेल उपाधिसँगै एसिया कपको टिकट पक्का गर्ने महत्वपूर्ण अवसर बनेको छ।

    images
    बिहिवार, भाद्र २५ २०८३०१:३८:५८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल