Oct 29 2026 | २०८३, कार्तिक १३गते

एनभीएलमा अन्नपूर्ण स्पाइकर्सको लगातार तेस्रो जित, खप्तड फाल्कन्समाथि ३–० को शानदार सफलता

एनभीएलमा अन्नपूर्ण स्पाइकर्सको लगातार तेस्रो जित, खप्तड फाल्कन्समाथि ३–० को शानदार सफलता

  • 424
    SHARES

  • एनभीएलमा अन्नपूर्ण स्पाइकर्सको लगातार तेस्रो जित, खप्तड फाल्कन्समाथि ३–० को शानदार सफलता

    एनभीएलमा अन्नपूर्ण स्पाइकर्सको लगातार तेस्रो जित, खप्तड फाल्कन्समाथि ३–० को शानदार सफलता

    परिमार्जित समाचार

    काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल)मा अन्नपूर्ण स्पाइकर्सले लगातार तेस्रो जित निकाल्दै लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको खेलमा अन्नपूर्णले खप्तड फाल्कन्सलाई सोझो तीन सेटमा पराजित गर्‍यो। अन्नपूर्णले खेल २५–१५, २५–१५ र २५–१७ ले आफ्नो पक्षमा पार्‍यो।

    यो जितसँगै अन्नपूर्णले चार खेलबाट तीन जित र एक हारसहित ९ अंक जोडेको छ। टोली अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

    अर्कोतर्फ, खप्तड फाल्कन्सले लिगका चारै खेलमा पराजय बेहोरेको छ। लगातार हारका कारण खप्तडले अहिलेसम्म अंक जोड्न सकेको छैन।

    एनभीएलमा सहभागी ६ टोलीले सिंगल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। लिग चरणको शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।

    यसैबीच, कर्णाली शिवराज र काठमाडौँ स्पाइकर्सबीच बुधबार साँझ ७ बजे प्रतिस्पर्धा हुँदैछ। कर्णालीले तीन खेलबाट तीनै जित निकाल्दै ८ अंकसहित तालिकाको दोस्रो स्थानमा आफूलाई उभ्याएको छ। काठमाडौँले तीन खेलबाट दुई जित र एक हारसहित ५ अंक जोडेर चौथो स्थानमा रहेको छ।

    प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुने आयोजकले जनाएको छ। उपाधि विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

    images
    बुधवार, भाद्र २४ २०८३०५:४६:४५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल