Oct 29 2026 | २०८३, कार्तिक १३गते

एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट ५ लाख ९० हजार रुपैयाँ बाढीपीडितका लागि

एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट ५ लाख ९० हजार रुपैयाँ बाढीपीडितका लागि

  • 325
    SHARES

  • एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट ५ लाख ९० हजार रुपैयाँ बाढीपीडितका लागि

    काठमाडौँ । केडिया ग्रुपको आयोजनामा जारी एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)को पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बाढीपीडितको उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

    रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, उपचार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आयोजकले लिग सुरु हुनुअघि नै पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियो।

    सोही प्रतिबद्धताअनुसार केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले मंगलबार सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

    एनभीएलको खेलसँगै सामाजिक उत्तरदायित्वलाई समेत जोड्दै आयोजकले विपद्मा परेका नागरिकको सहयोगका लागि टिकट बिक्रीबाट प्राप्त रकम उपलब्ध गराएको हो। बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, उपचार र पुनर्स्थापनाका लागि कोषमार्फत उक्त सहयोग परिचालन गरिनेछ।

    images
    बुधवार, भाद्र २४ २०८३०६:५३:००

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल