Oct 29 2026 | २०८३, कार्तिक १३गते

एनभीएलमा मधेस वारियर्सको पहिलो जित, खप्तड फाल्कन्समाथि सानदार ३–० को सफलता

एनभीएलमा मधेस वारियर्सको पहिलो जित, खप्तड फाल्कन्समाथि सानदार ३–० को सफलता

  • 316
    SHARES

  • एनभीएलमा मधेस वारियर्सको पहिलो जित, खप्तड फाल्कन्समाथि सानदार ३–० को सफलता

    काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल)मा मधेस वारियर्सले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको खेलमा मधेसले खप्तड फाल्कन्सलाई सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो।

    मधेसले खप्तडलाई २५–२१, २५–२० र २५–२३ को सेटमा पराजित गर्‍यो। तीनै सेटमा उत्कृष्ट प्रदर्शन गरेको मधेसले खेलमा सुरुदेखि नै आफ्नो दबाब कायम राख्दै जित निकाल्यो।

    यो जितसँगै मधेसले एनभीएलमा चार खेलबाट तीन अंक जोडेको छ। मधेस अंकतालिकाको चौथो स्थानमा रहेको छ। पराजित खप्तड भने लगातार तेस्रो हार व्यहोर्दै अंकतालिकाको पुछारमा रहेको छ।

    एनभीएलमा सहभागी ६ टोलीले पहिलो चरणमा राउन्ड रोबिन आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। लिग चरणपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछन् भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुनेछ।

    images
    मंगलवार, भाद्र २३ २०८३१०:२१:२४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल