मंगलवार, भाद्र २३ २०८३
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजले लगातार तेस्रो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा कर्णालीले सगरमाथा स्म्यासर्सलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको हो।
कर्णालीले पहिलो सेट २५–१६ ले जित्दै खेलमा अग्रता बनाएको थियो। दोस्रो सेटमा सगरमाथाले पुनरागमन गर्दै २३–२५ ले सेट आफ्नो पक्षमा पार्यो।
तेस्रो सेटमा कर्णालीले फेरि २५–२३ को जित निकाल्यो। चौथो सेटमा सगरमाथाले १९–२५ ले जित्दै खेललाई निर्णायक पाँचौँ सेटसम्म पुर्यायो। निर्णायक सेटमा कर्णालीले १५–९ को जित निकाल्दै समग्रमा ३–२ को जित सुनिश्चित गर्यो।
एनभीएलमा सहभागी ६ टोलीले पहिलो चरणमा सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।
प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुने तालिका छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल