सोमवार, भाद्र २२ २०८३
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) २०२६ मा अन्नपूर्ण स्पाइकर किङ्सले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित निकालेको छ।
अन्नपूर्णले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मधेशलाई चार सेटमा पराजित गरेको हो। यस जितसँगै अन्नपूर्णले लिगमा आफ्नो दाबेदारी थप बलियो बनाएको छ।
अन्नपूर्ण स्पाइकर किङ्सले यसअघि कर्णाली शिवराजसँग ३–१ को हार बेहोरेपछि काठमाडौँ रेड्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो जित निकालेको थियो।
मधेश वारियर्स भने यसअघि काठमाडौँ रेड्ससँग ३–२ तथा सगरमाथा स्म्यासर्ससँग ३–१ ले पराजित भएको थियो।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल