Oct 29 2026 | २०८३, कार्तिक १३गते

लगातार दोस्रो जितसँगै एनभिएलमा कर्णाली शिवराजको शानदार यात्रा

लगातार दोस्रो जितसँगै एनभिएलमा कर्णाली शिवराजको शानदार यात्रा

  • 298
    SHARES

  • लगातार दोस्रो जितसँगै एनभिएलमा कर्णाली शिवराजको शानदार यात्रा

    काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक्स नेपाल भलिबल लिग (एनभिएल) मा कर्णाली शिवराजले आफ्नो विजयी यात्रा जारी राखेको छ। कर्णालीले सोमबार खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा कर्णालीले सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्‍यो। तीनै सेटमा खप्तडलाई दबाबमा राखेको कर्णालीले २५–१९, २५–१९ र २५–१९ को समान अन्तरले खेल आफ्नो पक्षमा पारेको हो।

    यस जितसँगै कर्णालीले दुई खेलबाट ६ अंक जोडेको छ। पहिलो खेलमा पनि जित निकालेको कर्णाली अंकतालिकामा आफ्नो दाबेदारी बलियो बनाउँदै अघि बढेको छ। यता खप्तड फाल्कन्सका लागि भने प्रतियोगिताको सुरुवात सुखद बन्न सकेन। खप्तडले लगातार दोस्रो खेल गुमाएको हो।

    एनभिएलमा सोमबार भएको अर्को खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौं रेड्सलाई ३–० ले हराउँदै प्रतियोगितामा पहिलो जित हात पारेको थियो।

    लिगअन्तर्गत मंगलबार मधेश वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुनेछ।

    केडिया ग्रुपको आयोजनामा भइरहेको एनभिएलमा ६ टोली सहभागी छन्। नेपाली पुरुष भलिबलमा पहिलोपटक फ्रेन्चाइज अवधारणामा आयोजना गरिएको प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

    भदौ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीले सिंगल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन्। अंकतालिकाको शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने दोस्रो र तेस्रो स्थानका टोलीले अर्को फाइनलिस्ट बन्न प्लेअफ खेल्नेछन्।

    images
    सोमवार, भाद्र २२ २०८३०९:१९:५७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल