आइतवार, भाद्र २१ २०८३
काठमाडौं (हाम्रो खेलकुद) -अन्नपूर्ण सुपर स्पाइकर्सले एक्सट्रिम इनर्जी ड्रिंक्स नेपाल भलिबल लिग (एनभिएल) मा पहिलो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३-० सोझो सेटमा हरायो ।
अन्नपूर्णको जितमा ३ मङ्गोलियन खेलाडीको प्रदर्शन प्रमुख रह्यो। पहिलो सेट २५-२३ ले जित्दै अन्नपूर्णले
१-० को अग्रता बनायो।
दोस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो। तर अन्त्यमा अन्नपूर्णले नै २८-२६ ले बाजी पार्यो। २-० ले पछि परेको काठमाडौंलाई खेल जित्ने संभावनालाई कायमै राख्न तेस्रो सेट जित्नुको विकल्प थिएन।
सोही अनुरूप १०-५ को अग्रता समेत बनायो। तर यो अग्रतालाई जिगाउन सकेन्। २३-२२ ले अगाडि रहेको अवस्थामा काठमाडौंका खेलाडीहरूले बाँकी ३ अंक आउट हान्दै उपहार दिए। यो सँगै अन्नपूर्णले तेस्रो सेट २५-२३ ले जित्दै सोझो सेटको जित निकाल्यो।
यो सँगै २ खेलबाट अन्नपूर्णले ३ अंक बनाएको छ। हिजो मधेशलाई हराएको काठमाडौंको पहिलो हार हो। दुई खेलबाट उसले २ अंक बनाएको छ।
केडिया ग्रुपद्वारा आयोजित लिगमा कुल ६ टोली सहभागिता छन्। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख प्राप्त गर्नेछ। नेपाली भलिबलमा यो अहिलेसम्म कै सर्वाधिक नगद पुरस्कार हो।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल