Oct 29 2026 | २०८३, कार्तिक १३गते

एनभीएलमा आज दुई खेल : जितको खोजीमा अन्नपूर्ण र काठमाडौं, कर्णालीसँग भिड्दै खप्तड

एनभीएलमा आज दुई खेल : जितको खोजीमा अन्नपूर्ण र काठमाडौं, कर्णालीसँग भिड्दै खप्तड

  • 349
    SHARES

  • एनभीएलमा आज दुई खेल : जितको खोजीमा अन्नपूर्ण र काठमाडौं, कर्णालीसँग भिड्दै खप्तड

    काठमाडौँ । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा आज पनि दुई रोमाञ्चक खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा दिउँसो ४ बजे अन्नपूर्ण स्पाइकर किङ्स र काठमाडौं रेड्स आमनेसामने हुनेछन् भने साँझ ७ बजे कर्णाली शिवराज र खप्तड फाल्कन्स भिड्नेछन्।

    पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्स जितको खोजीमा हुनेछ। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ को सेटमा पराजित भएको थियो। यता काठमाडौं रेड्सले भने मधेश वारियर्सलाई ३–२ को प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै विजयी सुरुवात गरेको छ।

    त्यस्तै, आजै साँझ हुने दोस्रो खेलमा कर्णाली शिवराजले खप्तड फाल्कन्सको सामना गर्नेछ। कर्णालीले पहिलो खेलमै अन्नपूर्णलाई हराएर आत्मविश्वास बढाएको छ भने खप्तड फाल्कन्स सगरमाथा स्म्यासर्ससँग ३–० ले पराजित भएको थियो।

    नेपालमा पहिलोपटक आयोजना भइरहेको पुरुष फ्रेन्चाइज एनभीएलमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स गरी ६ टोली सहभागी छन्। लिग चरणपछि शीर्ष स्थानमा रहने टोली सिधै फाइनल पुग्नेछ भने दोस्रो र तेस्रो स्थानका टोलीले प्लेअफ खेल्नेछन्। 

    images
    आइतवार, भाद्र २१ २०८३०४:००:०४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल