Oct 28 2026 | २०८३, कार्तिक १२गते

सीटीईभीटीका करार तथा ज्यालादारी कर्मचारी आन्दोलनमा, ९ बुँदे माग पूरा नभए शैक्षिक गतिविधि ठप्प पार्ने चेतावनी

सीटीईभीटीका करार तथा ज्यालादारी कर्मचारी आन्दोलनमा, ९ बुँदे माग पूरा नभए शैक्षिक गतिविधि ठप्प पार्ने चेतावनी

  • 229
    SHARES

  • सीटीईभीटीका करार तथा ज्यालादारी कर्मचारी आन्दोलनमा, ९ बुँदे माग पूरा नभए शैक्षिक गतिविधि ठप्प पार्ने चेतावनी

     प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले आफ्ना विभिन्न ९ सूत्रीय मागहरू अघि सार्दै आन्दोलनको घोषणा गरेका छन् । 

    ‘करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समिति’ ले सीटीईभीटीका सदस्य–सचिव अनाेज भट्टराईसमक्ष बुधबार मागपत्र पेस गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोष, महँगी भत्ता र उमेर हद नलाग्ने गरी विशेष प्रक्रियामार्फत स्थायी गरिनुपर्ने लगायतका मागहरू राखेपनि सम्बोधन नभएको भन्दै आन्दोलनको घोषणा गरेका हुन्। 

    निरन्तर रोजगारीको सुनिश्चितता, ‘समान कामका लागि समान ज्याला’ को संवैधानिक सिद्धान्त अनुसार सेवा–सुविधा लगायतका मागहरू राखेका छन्। प्रशासनिक पक्षले माग सम्बोधनमा बेवास्ता र उदासीनता देखाएको भन्दै सङ्घर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। 

    घोषित कार्यक्रम अनुसार साउन १४ गते दिउँसो ११ देखि ३ बजेसम्म ‘पेन डाउन’ गर्ने उल्लेख छ। मागहरू पूरा नभए साउन १५ गतेदेखि प्रशासनिक तथा आर्थिक शाखाहरू ठप्प पारी धर्ना बस्ने, साउन २२ गतेदेखि सम्पूर्ण शैक्षिक गतिविधि तथा परीक्षासम्बन्धी कामहरू ठप्प पार्ने र साउन २५ गतेदेखि सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउ गर्ने जस्ता अनिश्चितकालीन विरोधका कार्यक्रमहरू तय गरिएको संघर्ष समितिले जनाएको छ।

    images
    बिहिवार, श्रावण १४ २०८३०४:४१:२०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल