सोमवार, आषाढ १ २०८३
शिक्षा तथा खेलकुद मन्त्रालयका थुप्रै कर्मचारीले राजीनामा दिन लागेका छन् । तत्काल नौ जना उपसचिवले राजीनामा दिन लागेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनीहरुले आज वा भोलि सामूहिक रुपमा राजीनामा दिँदैछन् । ‘९ जना उपसचिवको एकमुष्ठ राजीनामा आउँदैछ,’ स्रोतको दाबी छ ।
वालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारले जति लामो अवधि जागिर गरेपनि तीस वर्षभन्दा बढीको पेन्सन नपाउनेगरी निजामती विधेयक ल्याउन लागेपछि उनीहरुले राजीनामा दिन लागेको स्रोत बताउँछ । तीस वर्ष बढी सेवा गरेर यही असार–साउनमा अनिवार्य अवकाशमा जान लागेका उपसचिवहरुले राजीनामा दिन लागेका हुन् ।
‘ऐन आएमा तीस वर्ष बढीको पेन्सन पाइँदैन, घाटा लाग्छ भनेर डरमा राजीनामा दिन लागेका हुन्,’ स्रोतले भन्यो । सरकारले एकै पटक हजारौं कर्मचारीलाई घर पठाउनेगरी निजामती विधेयक ल्याउन खोजिरहेको छ । तीस वर्ष सेवा अवधि र ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने सरकारको रणनीति छ ।
साथै, तीस वर्षभन्दा माथि सेवा अवधिको पेन्सन नदिने पनि विधेयकमा व्यवस्था गरिएको छ । आगामी साउनदेखि लागू हुनेगरी बजेटमार्फत बढाइएको तलब सुविधा अवकाशमा जाने कर्मचारीलाई पेन्सनमार्फत दिन नपरोस् भन्ने उद्देश्यले असारभित्रै ऐन ल्याउन सरकार लागिपरेको छ
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल