Oct 29 2026 | २०८३, कार्तिक १३गते

विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षामन्त्रीले मागे सात दिनको समय

विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षामन्त्रीले मागे सात दिनको समय

  • 733
    SHARES

  • विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षामन्त्रीले मागे सात दिनको समय

    विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप समय माग गरेको छ। शिक्षा समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा शिक्षामन्त्री रघुजी पन्तले एक साताको समय माग गरेका हुन्।


    विधेयकमा रहेका विभिन्न विषयहरूमा सरकारको धारणा आउनुपर्ने समिति सदस्यहरूले माग गरेका थिए। त्यसपछि शिक्षामन्त्री पन्तले नेपाल शिक्षक महासङ्घसँग छलफल चलिरहेको बताउँदै एक सातापछि सरकार तयारीका साथ आउने बताएका हुन्।

    मन्त्री पन्तको अनुरोधमा शिक्षा समिति सभापति अम्मरबहादुर थापाले एक सातापछिको बैठकमा विधेयकका विषयमा सरकारले आफ्नो आधिकारिक धारणा ल्याउन निर्देशन दिए। 


    'माननीय ज्यूहरूले राखेको प्रश्नमा जवाफ दिन सक्छु । तर, अहिले नेपाल शिक्षक महासङ्घसँग ९ बुद्धे सहमतिका विषयमा छलफल गरिरहेको छु। मलाई केही दिनको समय दिनुहोस्। त्यसपछि सरकारको धारणा राख्छु,'मन्त्री पन्तले भने। 


    अहिले समितिमा विधेयकका विषयमा एक खालको सहमति गरेर पछि महासङ्घसँग अर्को खालको छलफल भएमा समस्या हुने मन्त्री पन्तको भनाइ छ। ९ बुँदे कार्यान्वयनमा आफ्नो प्रमुख जोड रहेको बताउँदै मन्त्री त्यसका लागि महासङ्घसँग छलफल गरेर अघि बढ्ने बताए । 

    मन्त्रिले समय माग गरेपछि शिक्षा समितिले एक साताको समय दिएको हो।

    images
    सोमवार, जेठ १३ २०८२०९:५२:०२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल