Oct 28 2026 | २०८३, कार्तिक १२गते

भयो बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस

भयो बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस

  • 1.2K
    SHARES

  • भयो बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस

    काठमाडौँ । पौष ५, बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीईभीटी) को प्रमुख कार्यकारी निर्देशक नियुक्तिको तयारी गरेको छ । प्रदेश सरकारले खल्ला प्रतिस्पर्धा मार्फत् प्रमुख कार्यकारी निर्देशकका लागि उम्मेदवार सिफारिस समेत गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले दर्खास्त आह्वान गरी परिक्षा तथा अन्तरवार्ता समेत सम्पन्न गरेर नियुक्तिका लागि ३ जना उम्मेदवार सिफारिस गरेको छ । मन्त्रालयका सचिव बद्रीनाथ गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले प्रमुख कार्यकारी निर्देशकका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरेको हो । समितिको सिफारिस अनुसार प्रदेश सरकारको आगामी मन्त्रिपरिषद बैठकले प्रमुख कार्यकारी नियुक्त गर्ने तयारी गरिएको प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम परिषद्ले जनाएको छ । उक्त पदमा ७ जनाको दर्खास्त परेकोमा सिफारिस समितिले ५ जनाको नाम सर्टलिष्टमा गरेको थियो । सर्टलिष्टमा परेका ५ उम्मेदवारको गत पुस १ मा अन्तरवार्ता भएको थियो । उक्त अन्तवार्ताको नतिजा अनुसार प्रमुख कार्यकारी निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस गरिएको हो । सिफारिस समितिले मध्यपुर ठिमी नगरपालिका–९ का बद्रीप्रसाद दहालको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ भने म्यागङ– ४, नुवाकोटकी शान्ति लामा दोस्रो र भरतपुर–१०, चितवनका ईश्वरचन्द्र पौड्यालको नाम तेस्रो स्थानमा रहेको छ । अन्तरवार्तामा छनोट भएका भरतपुर–१, चितवनका रमेश रिमाल र मन्थली, रामेछापका नविनराज दाहाल भने फालिएका छन् । दाहाल र लामा नेपाली कांग्रेस निकट मानिन्छन् भने पौड्याल माओवादी केन्द्र निकट रहेको बुझिएको छ । दाहाललाई प्रमुख कार्यकारी निर्देशक बनाउनको लागि कांग्रेसको शिर्ष नेतृत्व सहित सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको जोडबल रहेको छ भने लामालाई मुख्यमन्त्री बाहदुर सिंह लामाको बलियो साथ रहेको छ । प्रमुख कार्यकारी निर्देशकमा मुख्मयन्त्री लामाको साथ पाएकी शान्ती लामाको सम्भावनाको सम्भावना उच्च रहेको बताइएको छ ।

    images
    शुक्रवार, पौष ५ २०८१०९:१२:१२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल