Oct 29 2026 | २०८३, कार्तिक १३गते

सोमपालको जादुमय बलिङ्गले नेपाल एक खेल अगावै बिजयी

सोमपालको जादुमय बलिङ्गले नेपाल एक खेल अगावै बिजयी

  • 967
    SHARES

  • सोमपालको जादुमय बलिङ्गले नेपाल एक खेल अगावै बिजयी

    अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ ।

    नेपालले दिएको १७१ रनको लक्ष्य अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । नेपाललाई सुपर ओभरमा पुर्याएका सोमपालले सुपर ओभरमा पनि उत्कृष्ट बलिङ गरेर नेपाललाई अमेरिकासँगको सिरिजमा नेपालले जित निकाल्यो ।

    सुपर ओभरमा अमेरिकाले ३ रनको लक्ष्य दियो । सुपर ओभरमा ४ बल गरेका सोमपालले २ विकेट लिएर २ रन मात्र दिए । सुपर ओभरमा नेपालका कप्तान रोहित कुमार पौडेलले २ तथा कुशल भुर्तेलले १ रन जोडेर नेपाललाई जित दिलाए ।

    नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाका साइतेजा मुक्कामल्लाले ४७ तथा एन्ड्रिज गौसले ६२ रन बनाए । नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए भने सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऎरी र सागर धकालले समान एक-एक विकेट लिए ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाए ।

    नेपालका लागि अनिल साहले २५, गुल्सन झाले १९ र कप्तान रोहित पौडेलले १८ रन बनाए । १ बलको सामना गरेको कसन केसीले ६ रन बनाए । दिपेन्द्र सिंह ऐरी २ रन बनाएर आउट हुँदा आसिफ शेख र आरिफले १-१ रन बनाए ।

    images
    आइतवार, कार्तिक ४ २०८११०:४८:०६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल