शुक्रवार, पौष २४ २०७७
काठमाडौं । नेपाल शिक्षक महासंघसहित विभिन्न शिक्षक संघठनले प्रतिनिधिसभामा विघटन भएको स्थितिमा अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन माग गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग मंगलबार सिंहदरबारमा शिक्षक नेताहरुको प्रतिनिधि मण्डलले भेटी नयाँ संविधानअनुसार संघीय ऐन ल्याउन ढिला भएकाले अध्यादेश ल्याउन माग गरेको हो ।
टोलीले बालविकास केन्द्रका सहजकर्ताहरुको सुविधा बढाउन, कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न, द्वन्द्वपीडित शिक्षकहरुको पुनर्बहाली गर्नलगायत विषयमा पनि मन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको र मागप्रति नवनियुक्त मन्त्री श्रेष्ठ सकारात्मक रहेको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।
उनले शिक्षाका व्यापारी र दलालीकर्ताहरुसँग सतर्क रहेर काम गर्न पनि आफूहरुले सुझाव दिएको बताए ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल