Oct 29 2026 | २०८३, कार्तिक १३गते

यस्तो दियो शिक्षक-शिक्षिकाहरुलाइ काठमाडौँ महानगरकले चेतावनी

यस्तो दियो शिक्षक-शिक्षिकाहरुलाइ काठमाडौँ महानगरकले चेतावनी

  • 703
    SHARES

  • यस्तो दियो शिक्षक-शिक्षिकाहरुलाइ काठमाडौँ महानगरकले चेतावनी

    IMG_20240426_122823.jpgकाठमाडौँ ।वैशाख १४, काठमाडौँ महानगरपालिकाले विद्यालय समयभित्र अन्यत्र कुनै किसिमको काम नगर्न शिक्षकहरूलाई चेतावनी दिएको छ । काठमाडौँ महानगरको शिक्षा विभागकी निमित्त प्रमुख सरस्वती पोखरेलले एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक-शिक्षिकाहरूलाई यस्तो चेतावनी दिएकी हुन् ।  महानगरभित्रका विद्यालयहरूलाई विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने लगायत कार्यमा नपठाउन भनिएको हो । सम्पुर्ण शिक्षकहरूलाई समेत यसै सूचनालाई आधार मानी विद्यालय समयभित्र विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी अन्यत्र कार्यमा संलग्न नहुन सचेत गराएको हो ।  कथमकदाचित यसो गरेको पाइएमा प्रचलित ऐन, कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । त्यसैले आफ्नो मुख्य पेशाप्रति बफादार रहन समेत अपिल गरिएको हो।

    images
    शुक्रवार, बैशाख १४ २०८११२:२७:५०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल