Oct 29 2026 | २०८३, कार्तिक १३गते

सुरु हुँदै कक्षा १२ को परीक्षा आजदेखि, हुने भए तीन लाख ९० हजार परीक्षार्थी सहभागी

सुरु हुँदै कक्षा १२ को परीक्षा आजदेखि, हुने भए तीन लाख ९० हजार परीक्षार्थी सहभागी

  • 868
    SHARES

  • सुरु हुँदै कक्षा १२ को परीक्षा आजदेखि, हुने भए तीन लाख ९० हजार परीक्षार्थी सहभागी

    भक्तपुर । बैशाख १४, कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ - ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको  सम्पूर्ण तयारी पूरा भैसकेको राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए  । शर्माका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ १ लाख ६ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् । उक्त परीक्षाका लागि बोर्डले देशभर १ हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा १ गरि कूल १ हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ/मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो ।  परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १ सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।  परीक्षामा लागि आवश्यक पर्ने उत्तरपुस्तिकालगायतका सामग्री परीक्षा केन्द्रहरुमा पुर्याउने कार्य सम्पन्न गरिसकेको छ भने यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरीएको छ। यसो गर्दा प्रश्नपत्र परिक्षा समय भन्दा पहिला बाहिरिने समस्या नहुने उनको दाबीसमेत रहेको छ।

    images
    शुक्रवार, बैशाख १४ २०८१०७:५२:५४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल