Oct 29 2026 | २०८३, कार्तिक १३गते

झापा गापाले ६ सय ३० विद्यार्थीलाई दियो छात्रवृत्ति

झापा गापाले ६ सय ३० विद्यार्थीलाई दियो छात्रवृत्ति

  • 745
    SHARES

  • झापा गापाले ६ सय ३० विद्यार्थीलाई दियो छात्रवृत्ति

    झापा । बैशाख ११, जिल्लाको झापा गाउँपालिकाले यहाँका ६ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका ३ वटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ६ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिएकी हुन् । यस गाउँपालिका का सामुदायिक विद्यालयमा अध्ययनरत मध्ये अधिकांश विद्यार्थीहरु निम्न वर्गका भएकाले चरम आर्थिक अभाव बाट गुज्रिनुपर्ने अवस्थाका कारणले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उनले बताए । गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही रु ९ हजार ६ सय ५० र कक्षा १२ का विद्यार्थीलाई जनही रु ११ हजार २ सय र प्राविधिक शिक्षाका विद्यार्थीहरुलाई जनही रु १२ हजारका दरले  छात्रवृत्ति प्रदान गरेको हो । कक्षा ११ र १२ अध्यापन हुने जनकल्याण माविका ५६, डिल्लीराज माविमा ३ सय ५२ विद्यार्थी र जनता माविका २ सय २२ विद्यार्थीलाई गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत छुट्याइएको बजेटबाट छात्रवृत्ति प्रदान गरिएको हो । झापा गाउँपालिकाभित्र २१ वटा सामुदायिक विद्यालय, १४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा सञ्चालनमा रहेका छन् ।  यस कार्यक्रमले आर्थिक अभावको कारण शिक्षा बाट बन्चित हुने विद्यार्थीहरुको बाध्यत्मक परिस्थिति लाइ अन्त्य गर्ने उनको दाबी छ।

    images
    मंगलवार, बैशाख ११ २०८१०१:३७:५७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल