Oct 29 2026 | २०८३, कार्तिक १३गते

सिराहामा ९ महिनादेखि तलब पाएनन् निजि स्रोतका शिक्षक शिक्षिकाले

सिराहामा ९ महिनादेखि तलब पाएनन् निजि स्रोतका शिक्षक शिक्षिकाले

  • 880
    SHARES

  • सिराहामा ९ महिनादेखि तलब पाएनन् निजि स्रोतका शिक्षक शिक्षिकाले

    सिराहा।बैशाख१०,सिराहा धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत र सशर्त शिक्षण अनुदानका शिक्षकहरूले ९ महिनादेखि तलब पाएका छैनन् । पालिकामा आन्तरिक स्रोतहरुको कमी र अन्य विविध समस्याका कारण करिब २० जना शिक्षकहरूले तलब भत्ता पाएका छैनन् । सो जिल्ला अन्तर्गत निजी स्रोतमा सञ्चालित माध्यमिक विद्यालय र आधारभूत विद्यालयका शिक्षकका लागि झन्डै एक वर्षदेखि नगरपालिकाले तलब भत्ता नपठाएको प्रधानाध्यापकहरूले जानकारी दिएका छन् । धनगढीमाई–१३ कैलाशपुर भर्लेनीको आधारभूत विद्यालयका प्रधानाध्यापक अमरकुमार योञ्जनले आफ्ना विद्यालयमा कार्यरत दुई जना शिक्षकको तलब भत्ताबापत रकम एक वर्षदेखि विद्यालयको खातामा नआएको बताए । उनले भने, ‘उहाँहरूको तलब भत्ता एक वर्षदेखि आएको छैन, हामीले विद्यालयको स्रोतबाट थोरै पेस्की दिएका छौँ ।’ त्यस्तै धनगढीमाई–१ बाखैरस्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक विनोदकुमार साहले निजी स्रोतका शिक्षकको तलब भत्ता नगरपालिकाले यस आर्थिक वर्षमा एक पटक पनि नपठाएको बताए ।  उनले भने, ‘सशर्त शिक्षण अनुदान र वडा कार्यालयको अनुदानका दुई जना शिक्षकको तलब पालिकाले निकासा दिएको छैन । हामीले शिक्षकहरूलाई विद्यालयको आन्तरिक कोषबाट तलब दिइरहेका छौँ ।’ शिक्षा, युवा तथा खेलकुद शाखाका हरिनारायण सिंहले भने, ‘मैले निजी स्रोत र सशर्त शिक्षण अनुदानमा कार्यरत शिक्षकहरूको तलब भत्ताको सम्पूर्ण कागजात लेखा शाखामा बुझाइसकेको छु, केही दिन अघिसम्म सो रकम गएको छैन भन्ने जानकारी छ । नगरक्षेत्रभित्र ७ जना कम्प्युटर शिक्षकसहित करिब २० जना निजी स्रोतमा कार्यरत शिक्षकलाई पछिल्लो नौ महिनादेखि नगरपालिकाले तलब भत्ता नपाएको भेटिएको छ ।’ यता लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसादले आन्तरिक स्रोतबाट तलब व्यवस्थापन गर्नुपर्ने शिक्षकहरूको तलब सुविधा जान नसकेको बताउँदै यसका लागि भर्खरै बजेट संशोधन गरिएको जिकिर गरे । अब कार्यालय प्रमुख आउने दिन नै पाउनु पर्ने सबै विद्यालयमा रकम जाने प्रसादको भनाई छ । ‘पहिला स्रोत व्यवस्थापन हुन सकिरहेको थिएन । स्रोत व्यवस्थापन भइसकेपछि कार्यालय प्रमुख सरुवा भएर जाने र आउने प्रक्रिया हुन थालेकाले ढिलो भएको हो । अब चाँडै जानुपर्ने सबैको सेवा सुविधा जान्छ,’ उनले भने, ‘अहिले म पनि बिदामा छु । हाकिम साब पनि बिदामा हुन्छ ।’ यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गरे पनि उनी बिदामा रहेकाले सम्पर्क हुन सकेन । नगर प्रमुख शिवशङ्कर महतोले आफ्नो जानकारी अनुसार सबै शिक्षक कर्मचारीको तलब चैत्र मसान्तसम्मको गइसकेको दाबी गरे । ‘निजी स्रोतकाहरुको पनि दसैँसम्मको तलब खाएका हुन् । यदि नगएको रहेछ भने तत्काल पठाउन लगाउँछु,’ महतोले भने । महतो भन्छ्न यो प्रशासनको काम भएकाले पनि आफूलाई बिस्तृत जानकारी नहुने उनले बताए ।

    images
    सोमवार, बैशाख १० २०८१०९:२५:०४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल