Oct 29 2026 | २०८३, कार्तिक १३गते

घरदैलो मार्फत भयो विद्यार्थी भर्ना कार्यक्रम आर्थिक विपन्न विद्यार्थीहरु समेत नछुट्ने भए

घरदैलो मार्फत भयो विद्यार्थी भर्ना कार्यक्रम आर्थिक विपन्न विद्यार्थीहरु समेत नछुट्ने भए

  • 772
    SHARES

  • घरदैलो मार्फत भयो विद्यार्थी भर्ना कार्यक्रम  आर्थिक विपन्न विद्यार्थीहरु समेत नछुट्ने भए

    वीरगञ्ज । चैत्र ९, नयाँ शैक्षिकसत्र सुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्नाका लागि घरदैलो कार्यक्रम सुरु गरेका छन् । यस महानगर अन्तर्गतका ९२ वटा सामुदायिक विद्यालयले यही वैशाख ३ गतेदेखि विद्यार्थी अभियान अन्तर्गत हरेक विहान शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा विद्यार्थीहरुको घर घरमा पुगेर घरदैलो कार्यक्रम सुरु गरेका हुन् । सामुदायिक मात्रै नभएर, निजी विद्यालयले समेत भर्ना अभियानलाई उत्तिकै विशेष प्रथामिकताका साथ अघि बढाइ रहेका छन् । नेपाल राष्ट्रिय मावि नगवाका प्रधानाध्यापक नन्दकिशोर रामले नयाँ विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत घरदैलो कार्यक्रम गर्दै आइरहेको बताएका हुन् । यही वैशाख ३ गतेदेखि शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा विद्यालय आसपासमा रहेका बस्ती बस्तीमा पुगेर नयाँ विद्यार्थी भर्ना अभियानलाई अघि बढाउँदै आइरहेका छौँ”, उनले भने, “विहान ६ बजेदेखि नै भर्ना अभियान अघि बढाउँदै आइरहेका छौँ । भर्ना अभियानअन्तर्गत बालविकासदेखि कक्षा ९ सम्म भर्ना अभियान जारी छ ।” उनले बताए गत शैक्षिक सत्र विद्यालयको बालविकास कक्षामा ७९ जना विद्यार्थी भर्ना भएका थिए । विद्यालयका अनुसार अहिले पनि करिब १५ जना विद्यार्थी भर्ना भइसकेका छन् । महानगरभित्रमा संचालित अन्य विद्यालयले पनि भर्ना अभियानलाई निरन्तर अघि बढाउँदै आइरहेका छन् । रामगढस्थित रामजानकी आधारभूत विद्यालयले हरेक विहान भर्ना अभियान सुरु गरेको छ ।  वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले महानगरभित्र रहेका सबैजसो विद्यालयले नयाँ भर्ना अभियान सुरु गरेको बताए । “महानगर क्षेत्रमा वैशाख ३ गतेदेखि नयाँ भर्ना अभियानलाई सञ्चालन गर्दै आइरहेका छौँ”,  उनले भने, “शिक्षक तथा विद्यार्थीहरुले संयुक्त रुपमा नयाँ भर्ना अभियानलाई अघि बढाउँदै आइरहनुभएको छ ।” यो भर्ना अभियान वैशाख १५ गतेसम्म निरन्तर चल्ने उनको भनाइ छ ।  महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ भने १ सय ३८ विद्यालय छन् । जसमध्ये २१ माध्यामिक, १५ आधारभूत र त्यसैगरि ५५ वटा प्राथमिक विद्यालय छन् । एउटा पूर्वप्रथामिक विद्यालय समेत छ । गत शैक्षिक सत्रमा यी विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म १ लाखभन्दा धेरै विद्यार्थी भर्ना भएका थिए । गत शैक्षिक सत्रमा ४६ हजार विद्यार्थी सामुदायिकतर्फ र ५४ हजार विद्यार्थी निजी विद्यालयमा भर्ना भएका थिए । महानगरले यस वर्ष १० प्रतिशत धेरै विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेको छ । महाशाखा प्रमुख कर्णले महानगरभित्र पढ्ने उमेरसमूहका सबै विद्यार्थीलाई समेटेर भर्ना अभियान अघि बढाउँदै आइरहेको बताए । “महानगरको मुख्य लक्ष्य नै विद्यालय जाने उमेरसमूहका कोही पनि विद्यार्थी नछुटुन भन्ने हो”, उनले भने, “महानगरमा आर्थिक अभावमा विद्यालय नगएका भन्ने छैनन् ।” केही बालबालिकाहरु सीमावर्ती बजार रक्सौलमा गएर साइकलमा सामान ओसारपोसार गर्दा आम्दानी हुने भएकाले पढाइमा रुचि नदिएको पनि पाइएको उनको भनाइ छ । उनीहरुलाई विहान १०-४ बजेसम्म विद्यालयमा अडाइराख्नु मुख्य चुनौती पनि छ”, उनले भने । महानगरका अनुसार विशेष गरी डोम, मुसरलगायतका जाती विशेषका विद्यार्थीलाई सामुदायिक सिकाइ केन्द्र (CLC) मार्फत कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ । शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले महानगरभित्रकै केही विद्यालयमा विद्यार्थीको अत्यधिक चाप भएको बताए । त्यस्ता विद्यालयमा विद्यार्थी व्यवस्थापनको चुनौती रहेको उनको भनाइ छ । महानगरका अनुसार माइस्थान विद्यापीठ, नसिंह मावि सुराकन्या मावीलगायतका विद्यालयमा ३ हजारभन्दा धेरै विद्यार्थी छन् । यद्यपि महानगरले ती विद्यालयमा पनि भर्ना अभियान अघि बढाउने जनाएको छ । यसरी घरदैलो मार्फत भर्ना कार्यक्रम अगाडी बढाइरहदा पढाई प्रति रुचि नभएका विद्यार्थीहरुलाइ समेत मानव जिवनमा पढाईको महत्व र आवश्यकता को बारेमा राम्रोसँग बुझाएर पढाई प्रति आकर्षित गर्ने र सामान्य भन्दा बढि विद्यार्थीहरु भर्ना गर्न सकिने उनको दाबी समेत रहेको छ।  

    images
    आइतवार, बैशाख ९ २०८१०८:४७:१८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल