आइतवार, बैशाख ९ २०८१
काठमाडौँ । बैशाख ९, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि अवलम्बन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको निर्देशनपछि बोर्डले स्वचालित प्रक्रियाबाट केन्द्रहरू तोकेको हो । परीक्षा केन्द्रलाई विभिन्न प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएसंगै मन्त्री श्रेष्ठले समस्या समाधान गर्न परीक्षा केन्द्र स्वचालित (Random) प्रक्रियाबाट तोक्न निर्देशन दिएकी थिइन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’ को रूपमा software निर्माणगरि पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित विधिबाट तोकिएको हो । हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याको आधारमा विद्यालय र केन्द्रको भौगोलिकताको आधार मा दूरी निकालिएको थियो । विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो । एकै विद्यालयको परीक्षार्थी सङ्ख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँडिएको बोर्डले जनाएको हो । एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्ने गरी छनोट गरिएको थियो । त्यस्तै दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकोमा पनि नपर्ने गरी व्यवस्था गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। विगतका वर्षहरूमा कुनै विद्यालयको कुनै परीक्षा केन्द्रमा केही समस्या परेको भनी गुनासो आएको ठाउँमा पुनः केन्द्र नदोहोरिने गरी छनोट गरिएको हो । प्रत्येक पटक परीक्षा केन्द्र तोक्न कार्यक्रम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘randomise’ गरिएको छ । यो software र विधि ओपन सोर्स गरी ‘गिटहब’ मा राखिएको छ । ओपन सोर्सको मान्यता अनुरूप प्रक्रिया पारदर्शी रूपमा राखिएको यसलाई अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन समेत आह्वान गरिएको छ । परीक्षा केन्द्रलाई पनि सहजीकरण गर्न सजिलो हुनेछ । यो बिधि आज सम्मकै प्रभावकारी मानिएको कारणले निकट भविष्यमा देशभरिकै परीक्षा केन्द्र तोक्न यही विधि प्रयोगमा ल्याइने बोर्डले जनाएको छl
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल