शुक्रवार, बैशाख ७ २०८१
काठमाडौ। वैशाख ७, काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने भएका छन् । महानगरले बिहीबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिनका लागि पनि निर्देशन दिएको हो । महानगरको सूचनामा भनिएको छ कि ,‘संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका, २०७२ को दफा १४.१ (२) मा विद्यार्थी भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको १ महिनाको शुल्क लिन पाउने मापदण्ड रहेतापनि काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नाको नाममा प्रचलित कानुनले तोकेभन्दा अस्वभाविक बढी शुल्क असुलगरेको जनगुनासो प्राप्त भएकाले प्रचलित ऐन,नियम, मापदण्ड र निर्देशिका बमोजिमबाहेक विद्यार्थी भर्नालगायतका शुल्क नलिनुहुन तथा यसअघि प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका विपरीत विद्यार्थी भर्ना शुल्क लगायतका अन्य कुनै शिर्षकमा शुल्क लिइएको भएमा सम्बन्धित अभिभावकलाई तत्काल फिर्ता गर्नुहुन समेत अनुरोध छ ।’ काठमाडौ महानगरले अनुगमनको क्रममा नियम,ऐन, कानुन, मापदण्ड र निर्देशिका विपरीत विद्यार्थी भर्ना शुल्कलगायतका अन्य कुनै शुल्क असुली गरेको पाइएमा कारबाही गरिने उल्लेख गरेको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल