Oct 29 2026 | २०८३, कार्तिक १३गते

गरियो देशैभरिका विद्यालयका विद्यार्थीको तथ्याङ्क सार्वजनिक

गरियो देशैभरिका विद्यालयका विद्यार्थीको तथ्याङ्क सार्वजनिक

  • 748
    SHARES

  • गरियो देशैभरिका विद्यालयका विद्यार्थीको तथ्याङ्क सार्वजनिक

    काठमाडौँ । चैत्र२६, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको तथ्याङ्क विश्लेषण गर्न मिल्नेगरी सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत विद्यालय तहको तथ्याङ्क विश्लेषण गर्न मिल्नेगरी तथ्याङ्क सार्वजनिक गरिएको हो । शिक्षामन्त्री सुमना श्रेष्ठले वेबसाइटमार्फत राखिएको तथ्यांकलाई अनुसन्धाकर्ताहरूले विश्लेषण गर्न सकिने बताइन् । त्यसका लागि उनले यस सम्बन्धि विज्ञ तथा विश्लेषकहरूलाई आह्वान समेत गरेकी छन् । यसअघिसम्म भने पालिकास्तरसम्मको तथ्याङ्क राख्ने गरिएको थियो । मन्त्री श्रेष्ठले आफ्नो कार्यकालको एक महिला पुगे संगै एक महिने कार्य प्रगति विवरण सार्वजनिक गर्दै विद्यालय तहकै तथ्याङ्क राखिएको र नियमित अपडेट भैरहने बताएकी हुन । सुरुवाती तह प्लेग्रुपदेखि कक्षा १२ सम्मकै तथ्याङ्क राखिएको हो । प्रत्येक विद्यालयमा कति विद्यार्थी अध्यनरत रहेको भन्ने जानकारी राखिएको हरेक समय उक्त अपडेट बिधालयतहबाटै गर्ने व्यवस्था समेत मिलाइएको उनको भनाइ रहेको छ । यसले बिधालयहरुमा हुने गतिविधि डेटा अध्यन र संकलनमा सहजता पुर्याउने र विभिन्न फर्जि विद्यार्थीका नाममा गरिने अबैध क्रियाकलाप समेत निराकरण हुने अनुमान गर्न सकिन्छ।

    images
    सोमवार, चैत्र २६ २०८००५:०१:५७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल