Oct 29 2026 | २०८३, कार्तिक १३गते

पुग्यो शैक्षिक सत्र अगावै पाठ्यपुस्तक छायो कालिकोट बासि विद्यार्थीहरुमा खुसियाली

पुग्यो शैक्षिक सत्र अगावै पाठ्यपुस्तक छायो कालिकोट बासि विद्यार्थीहरुमा खुसियाली

  • 964
    SHARES

  • पुग्यो शैक्षिक सत्र अगावै  पाठ्यपुस्तक छायो कालिकोट बासि विद्यार्थीहरुमा खुसियाली

    मान्म । देशकै विकट जिल्लाहरु मध्यको जिल्ला कालीकोटमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पहिलोपटक पाठ्यपुस्तक पुगेको हो । चालू आर्थिक वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेमा त्यो भन्दा अगावै पाठ्यपुस्तक कालीकोटमा पुर्याइएको हो।  आगामी शैक्षिक सत्र २०८१का लागि जिल्लाका पुस्तक बिक्रेताहरुसँग पाठ्यपुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कालीकोटका निमित्त प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिएकाहुन । “पहिलोपटक जिल्लामा शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला पाठ्यपुस्तक उपलब्ध भएको छ”, धितालले भने, “पाठ्यपुस्तक पालिका र सम्बन्धित सम्पुर्ण विद्यालयलाई चाँडो खरिद गर्नका लागी पत्रचार गरेका छौँ।” जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुर्खेत कार्यालयले पाठ्यपुस्तक शैक्षिक सत्र अगावै उपलब्ध गराएको विनोद बुक सेन्टरका सञ्चालक नन्दबहादुर शाहीले बताएका छ्न । “चैत १५ गते नै कक्षा १-१० सम्मका सबै विषयका पाठ्यपुस्तक जिल्लामा आइपुगेका छन्”, उनले भने, “अहिले स्थानीय तहका विभिन्न विद्यालयमा पठाउने काम भइरहेको छ ।” समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने महावै गाउँपालिकाका शिक्षा अधिकृत मदनबहादुर शाहीले बताए । “पाठ्यपुस्तकको अभावमा पठनपाठन अब प्रभावित हुने छैन्”, उनले भने, “गाउँपालिकाका सम्पूर्ण विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउने तयारी गरिरहेका छौँ ।” कक्षा १-१० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आइरहेको छ । चालु आर्थिक वर्षको शैक्षिक सत्र भन्दा पहिलाका शैक्षिक सत्रमा भने सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीहरुले सास्ती खेप्नुपर्ने अवस्था थियो ।  यसले गर्दा विद्यार्थीहरु निकै नै अन्योलमा पर्दै आएका थिए। यस पटक भने सम्पुर्ण विद्यार्थी लगायत अभिभावकहरु को मुहारमा खुसीको रंग छाएको छ।

    images
    आइतवार, चैत्र २५ २०८००८:१०:३८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल