Oct 29 2026 | २०८३, कार्तिक १३गते

यस पटक भयो जुम्लामा चमत्कार शैक्षिकसत्र सुरु अगाडि नै पुग्यो पाठ्यपुस्तक

यस पटक भयो जुम्लामा चमत्कार शैक्षिकसत्र सुरु अगाडि नै पुग्यो पाठ्यपुस्तक

  • 1.2K
    SHARES

  • यस पटक भयो जुम्लामा चमत्कार शैक्षिकसत्र सुरु अगाडि नै पुग्यो पाठ्यपुस्तक

    जुम्ला ।चैत्र २५, हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने जुम्लामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो । यसले साच्चिकै यहाँका स्थानीयहरु अचम्मित परेका छन् । जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको जिपी स्टेसनरीका सञ्चालक गणेश रोकायाले नयाँ शैक्षिक सत्र सुरु हुनु एक महिना अगावै पाठ्यपुस्तक जिल्लामा पुगिसकेको जानकारी दिएका हुन । रोकायाले भने, “जिल्लाका स्थानीय तहमा रहेका कतिपय विद्यालयले पाठ्यपुस्तक खरिद गरेर लगिसकेका छन् । अहिलेसम्म पातारासी गाउँपालिकाका चार, गुठीचौरका २ र तिलाका ४ वटा विद्यालयले पाठ्यपुस्तक लिएका छन् ।” भने थप अरू स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेको संचालक रोकायाको भनाइ छ । उनि भन्छन् यही चैत ११ गते कक्षा १-१० सम्मका एक/एक हजार थान पुस्तक आइसकेका छन् । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको हो । विद्यालय सञ्चालन हुनु पूर्वनै प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने भएको संध्या स्टेसनरीका सञ्चालक सुनम खड्काले बताए । उनका अनुसार शनिबार पाँच/पाँच सय थान पाठ्यपुस्तक आइसकेका छन् । निश्चित सूचीकृत भएका स्टेसनरीबाट पाठ्ययुस्तक विद्यालयले खरिद गरेर लैजाने गरेका सिञ्जा गाउँपालिका शिक्षा शाखा प्रमुख शङ्कर धितालले जानकारी दिए । उनका अनुसार पाठ्यपुस्तक खरिद गरेर तिलाका सबै विद्यालयमा समयमै पुर्याउन विद्यालयलाई परिपत्र समेत गरिएको हो।

    images
    आइतवार, चैत्र २५ २०८००६:३२:४२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल