बुधवार, चैत्र २१ २०८०
काठमाडौं । चैत्र २१ झापाजिल्ला मा अबस्थित कमल गाउँपालिकाले वडा नं. ५ मा रहेको मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको घटनाको विषयमा छानबिन गर्न विशेष समिति गठन गरेको छ । सो बिधालय कक्षा ११ मा अध्ययनरत विद्यार्थी छात्रा निर्जला बाँस्कोटाले सामाजिक संजाल फेसबुकमा टिप्पणी गरेको निहुँमा प्रधानाध्यापक मोहन बगालेले निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको र चौतर्फी आलोचना समेत भएको थियो । उक्त भिडियोमा निर्जलाको पिडुँलामा निलडाम देखिन्छ । सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि गाउँपालिका प्रमुख, प्रधानाध्यापक बगाले, व्यवस्थापन समिति अध्यक्ष, बाल संगठनका प्रतिनिधिसहित बसेर घटनाबारे छलफल भएको पालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले जानकारी दिएका हुन् । न्यौपानेले भने हामीले घटनाको बारेमा दुवै पक्षसँग बुझ्यौं । घाइते विद्यार्थीलाई अस्पताल लगिएको पाइएपछि समिति बनाएर छानबिन गर्ने निर्णय गरेका छौं । बुधबार शिक्षा समितिको बैठकले ५ नम्बर वडाका अध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय बिशेष छानबिन समिति गठन गरेको छ । घटानाको विषय भने फेसबुकमा हेडसरलाई गाली गरेर लेखेको एउटा स्ट्याटस थियो । त्यसमा मैले थोरै भएन र ? भनेर कमेन्ट गरेकी थिएँ, भिडियोमा छात्रा बाँस्कोटाले भनेकी छन्, त्यति टिप्पणीलाइ आधार बनाएर मंगलबार अफिसमा बोलाएर प्र.अ. ले खानेपानीको पाइपले खुट्टामा हान्नुभयो। प्रधानाध्यापक बगाले भन्छन् विद्यार्थीलाई कारबाही स्वरूप सामान्य तरिकाले कुटेको हो । निज विद्यार्थी तथा अभिभावकले प्रहरी कार्यालयमा उजुरी गरेकोले इलाका प्रहरी कार्यालय, दमकमा छलफल गरेर मिल्ने सहमति भएको पनि उनले जानकारि दिए । बगाले भन्छ्न अहिले म प्रहरी चौकीमा छु । भर्खरै छलफल सकिएर विद्यार्थी र अभिभावक घर फर्किएका छन् । विद्यार्थीको अवस्था सामान्य छ । सामाजिक सञ्जालमा तोडमोड गरेर आएजस्तो केही होइन, यहाँ सामान्य घटनालाइ राजनीतिकरण गर्न खोजियो । कमल गाउँपालिका जहाँ यो घटना घट्यो उक्त गा.पा.लाइ गत दुई महिनाअघि मात्र बालमैत्री गाउँपालिका घोषणा गरिएको थियो ।पछिल्लो समय हेर्ने हो भने शैक्षिकसंस्था र यस संग सम्बन्धित छात्रावासहरुमा घटेका घटना क्रम हेर्दा साच्चिकै विद्यार्थीहरु सुरक्षित छैनन् भन्ने प्रतिनिधि मुलक घटना मध्यको यो पनि प्रतिनिधि घटना यो पनि हो।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल