Oct 29 2026 | २०८३, कार्तिक १३गते

शुक्ल तिर्न नसकेर एसईई दिनबाट वञ्चित ।

शुक्ल तिर्न नसकेर एसईई दिनबाट वञ्चित ।

  • 673
    SHARES

  • शुक्ल तिर्न नसकेर एसईई दिनबाट वञ्चित ।

    काठमाडौं। चैत्र २१

    (एसईई) दिनबाट वञ्चित भएका कुनैपनि विद्यार्थीलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तत्काल परीक्षा दिन पाउने व्यवस्था गर्ने बताएकी छन् । शुल्क  तिर्न नसकेर पनि कतिपय विद्यार्थीहरूले SEE परीक्षा दिन छुटेको चर्चा भइरहेका बेला मन्त्री श्रेष्ठले परीक्षा दिन नपाएका जो कोहि विद्यार्थीलाई पनि परीक्षामा तत्काल सहभागी गराउनु पर्ने भन्दै सूचना दिन समेत आह्वान गरिन् । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा बुधबार प्रतिनिसभा बैठकमा मन्त्री श्रेष्ठले कुनैपनि विद्यार्थीले कक्षा कोठामा ७५ % सहभागी नभए परीक्षा दिन नपाउने कानुनी व्यवस्था भएपनि सरकारले उनीहरूलाई पनि सो परीक्षामा तत्काल सहभागी गराउन सक्ने स्पष्ट गरेकि छन ।। उनले भनिन, ‘SEE परीक्षामा कतिपय विद्यार्थी शुल्क तिर्न नसकेर परीक्षा दिनबाट वञ्चित हुने समाचारको कुरा बजारमा क्ष्याप क्ष्यापती आएको बेलामा यसमा एक्च्युअल कानुन कस्तो छ भन्दा कुनैपनि विद्यार्थीले ७५ प्रतिशत पनि कक्षामा उपस्थित भएन भने चाहिँ उहाँहरूले जाँच दिन पाउनुहुन्न । त्यो कानुन छ । तर को विद्यार्थीले यो नपाएको हो ? त्यसको हामीलाई सूचना आयो भने यसमा तुरुन्तै हामी काम गरिहाल्छौँ ।’ त्रिभुवन विश्वविद्यालयको सबै कामलाई मन्त्री श्रेष्ठले सरकारले अनलाइन प्रणालीमा लैजानका लागि टेण्डर आह्वान गरिएको र सो काम छिट्टै सम्पन्न हुने दाबी समेत गरेकि छन ।

    images
    बुधवार, चैत्र २१ २०८००४:१४:२५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल