Oct 29 2026 | २०८३, कार्तिक १३गते

यस्तो दियो काठमाडौँ महानगरले चेतावनी– के सात दिनभित्र विद्यालयको नाम नेपालीमा रहला त?

यस्तो दियो काठमाडौँ महानगरले चेतावनी– के सात दिनभित्र विद्यालयको नाम नेपालीमा रहला त?

  • 943
    SHARES

  • यस्तो दियो काठमाडौँ महानगरले चेतावनी–  के सात दिनभित्र विद्यालयको नाम नेपालीमा रहला त?

    IMG_20240403_111314.jpgराजधानी। चैत्र२१,काठमाडौँ महानगरपालिकाले दियो ७ दिने अल्टिमेटम एक हप्ता भित्र स्वदेशीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ ।बुधबार आज एक सूचना जारी गर्दै महानगरले आफ्नो मातहतका सम्पुर्ण संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न ७ दिनको समय सीमा तोकेको हो । महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा नै रोक लगाउने चुनौतीसहितको सुचना जारीगरेको हो । साथै विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि महानगरले उक्त सुचनामा निर्देशन दिएको छ । यद्यपि यसो नसके विद्यार्थी भर्नामा रोक लगाउने कडा चेतावनी समेत दिएको हो।

    images
    बुधवार, चैत्र २१ २०८०११:१२:३२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल