मंगलवार, चैत्र २० २०८०
काभ्रेपलाञ्चोक । चैत्र२०, काभ्रेपलाञ्चोकको चौँरीदेउराली
गाउँपालिकामा अबस्थित ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन् । ५ वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन् भने त्यसअघि फरक फरक मितिमा स्थपित पाँच विद्यालय बन्द भएका छन् । विद्यार्थीहरुको अभावमा उक्त गा.पा.–७ स्थित विसं २०३२ मा स्थापना स्वस्थानी माध्यमिक विद्यालय २०८० साल साउन महिनादेखी बन्द भयो । गा.का. कार्यालयले शिक्षक र विद्यार्थीको उचित अनुपात नपुगेको भन्दै नजिकको सृजनशील माविमा विद्यार्थीलाई अध्ययन गराउने जनाउँदै स्वस्थानी मावि बन्द गर्ने निर्णय संगै घोषणा गरेको थियो । उक्त विद्यालयमा चालु शैक्षिक सत्रका लागि ३५ जना विद्यार्थी भर्ना भएका थिए । गा.पा.अध्यक्ष रेणु चौलागाईं का अनुसार “विद्यार्थी नहुँदा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि विद्यालय बन्द गर्ने निर्णय गरियो”, भन्ने जानकारि जानकारी दिएकी हुन् । उक्त गाउँपालिकामा संचालित स्वस्थानी माविझैँ अन्य प्राथमिक र निमावि गरी जम्मा २४ वटा विद्यालय पुर्णरुपमा बन्द भइसकेका छन् । गाउँपालिका कार्यालयले नै विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि सो निर्णय गरी बाध्यात्मक अवस्था आइलागेर विद्यालय बन्द गराइएको चौलागाईंले बताइन् । चौलागाईंका अनुसार ९ वटा वडा अवस्थित गाउँपालिकाका १२ मावि तहका विद्यालयमध्ये हाल सम्म दश सञ्चालनमा छन् । गाउँपालिकाको मावि तहका स्वस्थानी र धुसेनी ग्राम विकास स्थगन गरिएको हो । सम्बन्धित गाउँपालिकाका शिक्षा शाखाप्रमुख कालीप्रसाद पाण्डेका भन्छन् गाउँपालिकामा प्राथमिक तहका १५ वटा विद्यालय बन्द गरिएका छन् । त्यसतै, आधारभूत तहका ८ वटा विद्यालय बन्द छन् । विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दो क्रममा रहेपछि अन्ततः गाउँपालिकाले केही विद्यालयको तह घटुवासमेत गरेको छ । आउने शैक्षिकसत्रबाट गाउँपालिकाको दर्जनौँ विद्यालय बन्द हुने अवस्थामा पुगेको र यो गम्भीर चिन्ताको विषय रहेको बताइएको छ । स्वस्थानी माविलगायत विद्यालय बन्द भएपछि उक्त गाउँपालिकाले नजिको विद्यालय जनाउँदै तोकिदिएको विद्यालय जान पहिलेको भन्दा लामोदुरी भएकोले टाढा हिँडेर जानुपर्ने बाध्यतामा छन् । शिक्षा शाखाका अनुसार चालु शैक्षिक सत्रमा गाउँपालिकामा कक्षा १२ सम्म २ हजार २ सय विद्यार्थी अध्ययनरत छन् । शैक्षिक सत्रको सुरुआतमा २ हजार ८ सय भर्ना रहेकामा करिब ६ सय विद्यार्थी ‘ड्रपआउट’का कारण घटेको अनुमान गरिएको छ । गाउँपालिकामा सबै तहमा गरी ४ सय १० जना शिक्षक कार्यरत छन् । प्रचलित शिक्षा ऐनअनुसार विद्यार्थी–शिक्षक अनुपात पहाडमा ४५–१, उपत्यकामा ५०–१ र हिमालमा ४०–१ रहने व्यवस्था छ । गाउँपालिकामा कक्षा ११ र १२ मा भर्ना भएका अधिकांश विद्यार्थी सङ्घीय राजधानी काठमाडौँ वा अन्यत्र गएको हुनसक्ने गाउँपालिकाको अनुमान छ् । शिक्षा शाखाका अनुसार हाल एसइई परीक्षामा गाउँपालिकाका २ सय २७ विद्यार्थी सहभागी भएका छन् । विसं २०६७ सम्म सो गाउँपालिकामा करिब ८ हजार विद्यार्थी थिए । वडा नं ९ का अध्यक्ष रामबहादुर लामा युवाहरु विदेश र सहर पलायन भएका कारण गाउँ रित्तिँदै गएको बताउँछन् । उनी एकातिर कम सन्तान जन्माउने र अर्कातर्फ अभिभावक रोजगारका लागि परिवारसहित विदेश पलायन हुँदा गाउँ रित्तिँदैछ । यसकारण विद्यालमा बालबालिका कम हुँदै जाने नै भए । उनका अनुसार विद्यार्थी अभावमा विद्यालय बन्द हुँदै गएपछि स्थानीय शिक्षकले आफूहरुलाई नजिकको अन्य विद्यालयमा व्यवस्थापन गरिदिन सम्बन्धित गाउँपालिकामा अनुनय बिनयका लागी धाउन थालेका छन् । जिल्लाको कोशीपूर्वकै उत्कृष्ट भनेर चिनिने अब्बल ठहरिएको प्रभा उच्च मावि कात्तिके देउरालीमा समेत बर्सेनि विद्यार्थीको सङ्ख्या घटिरहेको बिधालयको तथ्यांकमा पाइएको छ । हाल ३१ शिक्षक कर्मचारी रहेको सो विद्यालयमा ३ सय ५० विद्यार्थी रहेका छन् तर त्यहाँ पनि नियमित विद्यालय आउने विद्यार्थीको सङख्या न्यून हुँदै गइरहेको बताइन्छ । गाउँपालिका अध्यक्ष चौलागाई भूकम्पपछि पुनःनिर्माण भएका विद्यालय भवन निकै आकर्षक छन् तर भवन्ले मात्र के गर्नु विद्यार्थी अभावका कारण सङ्कट उत्पन्न हुँदै गएको उनि बताउँछिन् । उनी भन्छिन्, “गाउँगाउँमा विद्यालय, स्वास्थ्य संस्था, पक्की सडकलगायत विकासका पूर्वाधार हुँदै गएका छन् तर स्थानीयहरु अवसरको खोजीमा सहर जाने क्रम बढ्न थालेपछि विद्यार्थीसमेत सङ्कटमा पर्न थालेका छन् ।” चौलागाईंका अनुसार बन्द भएका विद्यालय र बन्द हुँदै जाने विद्यालयका शिक्षकको व्यवस्थापनमा निकै ठुलो चुनौति देखिएको छ । यसले स्वत: राज्यलाइ असरपर्ने उनले देखिन्छ। यसैगरी दिनानुदिन देशका युवा/युवती बिदेशीने क्रम नरोकिने हो भने देशको शैक्षिक क्षेत्र लगाएत सम्पुर्ण क्षेत्रमा अस्तब्यत हुने अनुमान गर्न सजिलै सकिन्छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल