Oct 29 2026 | २०८३, कार्तिक १३गते

पहिलो दिन एसईई शान्तिपूर्ण रूपमा सम्पन्न पक्राउ परे दैलेखमा भाइको परिक्षा दिन आउने दाइ

पहिलो दिन एसईई शान्तिपूर्ण रूपमा सम्पन्न पक्राउ परे दैलेखमा भाइको परिक्षा दिन आउने दाइ

  • 793
    SHARES

  • पहिलो दिन एसईई शान्तिपूर्ण रूपमा सम्पन्न पक्राउ परे दैलेखमा भाइको परिक्षा दिन आउने दाइ

    IMG_20240328_183757.jpgकाठमाडौँ।चैत्र१५, यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन आज निकै शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । बिहीबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको रा.प. बोर्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पहिलो दिन देशैभर शान्तिपूर्ण रूपमा सु-सम्पन्न भएको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । बिहीबार १५ गते देखि सुरु भएको एसईई परीक्षा २७ गतेसम्म चल्ने छ । देशभरका २ हजार ६४ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको उनको भनाइ छ । यो वर्ष ५ लाख चार हजार ४१४ विद्यार्थीले एसईईका लागि परीक्षा फाराम भरेका थिए । यस बर्ष मित्रराष्ट्र जापानमा समेत एउटा परीक्षा केन्द्रबाट परीक्षा सुरु गरिएको हो । जापानको राजधानी टोकियोमा रहेको एभरेष्ट इन्टरनेसनल स्कुलबाट पनि १५ छात्रा र ८ छात्र गरी जम्मा २३ जना परीक्षार्थीहरू सहभागी भएका हुन् । उता दैलेखमा भने एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । परिक्षार्थि संकास्पद लागेपछि शिक्षकको समन्वयमा प्रहरीले पुष्टि गरि पक्राउ गरेको हो। दैलेख प्रहरीका‌ अनुसार पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनका‌ हुन् । नियमित एसईई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका उनी त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी भएको पुष्टिभएको हो। सुरुदेखि नै असामान्य व्यबहारमा प्रस्तुत उक्त विद्यार्थी मुखमा मास्क लगाई आएका र प्रवेश पत्रमा टासिने फोटो पछि टाँसेको शंकास्पद आकलन पछि सोधिखोजी गर्दा पत्ता लागाउन सफलभइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। ती बाहेक अन्य परिक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन भएको नियन्त्रक पौडेलले बताए ।

    images
    बिहिवार, चैत्र १५ २०८००६:३९:५१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल