Oct 29 2026 | २०८३, कार्तिक १३गते

निश्चिति समयमै विद्यालयमा पुस्तक पुर्‍याउन शिक्षा मन्त्रालयको निर्देशन

निश्चिति समयमै विद्यालयमा पुस्तक पुर्‍याउन शिक्षा मन्त्रालयको निर्देशन

  • 808
    SHARES

  • निश्चिति समयमै विद्यालयमा पुस्तक पुर्‍याउन शिक्षा मन्त्रालयको निर्देशन

    भक्तपुर । चैत्र ८,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई चैत्र मसान्तभित्र सम्पुर्ण स्थानीय तहहरूमा विद्यालय तहको पाठ्यपुस्तक पुर्‍याउन पूर्व निर्देशन दिएको छ । बिगतका बर्षहरुमा देशका केहि ठाँउमा समयमै पुस्तक नपुग्ने र विद्यार्थीहरुको पठनपाठनमा असहज परिस्थितिलाइ मध्यनजर गर्दै कक्षा ५ -१० सम्मको एक करोड पचहत्तर लाख थान पुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रलाई मन्त्रालयले विसं २०८१ वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि जुनसुकै हालतमा विद्यार्थीहरुको हातहातमा पाठ्यपुस्तक पुग्नेगरी व्यवस्था गर्न निर्देशन दिएको हो । कक्षा १-४ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको निजी क्षेत्रलाई पनि तोकिएको समयमै सोहीअनुरुप गर्न निर्देशन दिइएको छ । जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार केन्द्रले १६ लाख थान पाठ्यपुस्तक मात्र छपाइ गर्न बाँकी रहेको भन्दै छपाइ भएका पुस्तकको सम्बन्धित ठाउँका लागि ढुवानी सुरु गरिसकेको जानकारी दिए । मन्त्रालयको निर्देशन आउनु अगावै पाठ्यपुस्तक छपाइ अन्तिम चरणमा पुगेको उनले बताए । छपाइ सकिएका पुस्तकहरू उपत्यका बाहेक सातवटै प्रदेशमा रहेका वितरण केन्द्र एवं कार्यालयमा दैनिक ढुवानी गर्ने कार्य भइरहेको झाले जानकारी दिए। निर्देशक झाले भने मन्त्रालयको निर्देशन कार्यान्वयन हुने, पुस्तक अभाव हुन नदिने भन्दै चैत्र १५ गतेदेखि पाठ्यपुस्तक पालिकाहरुमा ढुवानी गरिने बताए । पहिलो चरणमा हिमाली , दोस्रो चरणमा पहाडी, तेस्रो चरणमा तराई र अन्तिम चरणमा उपत्यकाका जिल्लाहरूमा यसरि निर्धारित जिल्लाहरु लाइ प्राथमिकता छुट्याइ पुस्तक पुर्‍याउने गरी जनक शिक्षाले कार्य गरिरहेको प्रबन्ध निर्देशक झाले जानकारी दिए । उनले भने मन्त्रालयको निर्देशन अनुसार चैत्र मसान्तसम्म सबै स्थानीय तहहरूमा पुस्तक पुर्‍याउने गरी केन्द्रले काम गरिरहेकोछ । मन्त्रालयले पाठ्यपुस्तक छपाइ, ढुवानीलगायत कामको प्रगति विवरण दैनिक रूपमा साँझ ७ बजेभित्र मन्त्रालयमा पेस गर्न पनि केन्द्रलाई निर्देशन दिएको छ । यसअघि चैत १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले केन्द्रको अनुगमन गर्दै पुस्तक छपाइको अवस्थाबारे जानकारी लिएकी थिइन् । उनले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएकी थिइन् । भने काम पनि सोहि अनुरुप द्रुतगतिमा निर्देशन अनुसार अगाडी बढिरहेको बताएका छ्न। विद्यार्थीहरुले जुन सास्ती पाठ्यपुस्तकका कारण खेप्नुपरेको थियो त्यसको अन्त्य हुने उनको दाबीसमेत छ।

    images
    बिहिवार, चैत्र ८ २०८०१०:५०:४५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल