Oct 29 2026 | २०८३, कार्तिक १३गते

निर्धारण गरियो एसइइ का लागि दुई हजार ५७ परीक्षा केन्द्र

निर्धारण गरियो एसइइ का लागि दुई हजार ५७ परीक्षा केन्द्र

  • 931
    SHARES

  • निर्धारण गरियो एसइइ का लागि दुई हजार ५७ परीक्षा केन्द्र

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत१५-२७ सम्म सञ्चालन हुने माध्यमिकतह शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । यसवर्ष (२०८०)को एसईई परीक्षाका लागि देशभर २ हजार ५७ परीक्षा केन्द्र तोकिएको हो। चैत १५-२७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । शर्माका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेअनुमान गरिएको छ। यसवर्ष पनिबिदेशी मुलुक जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए । परीक्षाका लागि बोर्डले यो बर्ष पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। पाँच लाख चार हजार चार सय चौध जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सङ्ख्या घट्न सक्ने उनको अनुमान छ । पौडेलले उक्त परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौँ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिए । प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष१/१, ३ सय विद्यार्थी रहेको केन्द्रमा २ सहायक केन्द्राध्यक्ष, २ विद्यार्थी बराबर १ निरीक्षक, १ सय ५० देखि २ सयसम्म परीक्षार्थी भएकोमा १ सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा २ सहयोगी खटाइने उनको भनाइ छ । सुरक्षाकर्मी परिचालन भने परिक्षा केन्द्रको आवश्यकतालाइ मध्यनजर गर्दै गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको परीक्षा बोर्डले हानकारि दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । यसवर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको जनाएको छ । जस सनुसार उत्तीर्णका लागि ३५% अनिवार्य रहन्छ।

    images
    बिहिवार, चैत्र ८ २०८००९:५९:३०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल