Oct 29 2026 | २०८३, कार्तिक १३गते

अन्तिम चरणमा एसईई परिक्षा २०८०को तयारी यो वर्ष ५ लाख विद्यार्थीले परीक्षा दिने

अन्तिम चरणमा एसईई परिक्षा २०८०को तयारी यो वर्ष ५ लाख विद्यार्थीले परीक्षा दिने

  • 3.0K
    SHARES

  • अन्तिम चरणमा एसईई परिक्षा २०८०को तयारी  यो वर्ष ५ लाख विद्यार्थीले परीक्षा दिने

    letter-grading-2078_tQMGFuNKR5.webpराजधानी । यस वर्ष (२०८०)को माध्यमिक शिक्षा परीक्षा (एस ई ई) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । यहि चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका रहेको छ। यो वर्ष देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एस ई ई दिन परीक्षा फाराम भरेका छन् । बोर्डले परीक्षाको लागि प्रश्नपत्र देशभरका ७४ जिल्लामा पठाइसकेको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केही दिनमा पठाउने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । ७४ वटै जिल्लाका सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र पठाइ सकिएको हो । काठमाडौँ उपत्यकाको हकमा २२/२३ वटा प्रहरी कार्यालयमा पठाउनुपर्ने भएकाले केही समय ढिलाइ भएको नियन्त्रक पौडेलले बताए ।प्रश्नपत्र काठमाडौँ बाहेकका जिल्ला पुर्याइसकियो । काठमाडौँका प्रहरी चौकी चौकी पुर्याउनु पर्छ । यहाँ १/२ दिनमा जान्छ । यहाँ २२/२३ ठाउँमा पठाउनुपर्छ । भित्र ट्रकमा पठाउन मिल्दैन । सानो गाडीमा पठाउनुपर्ने हुन्छ । प्रश्नपत्रबाहेकको प्रदेश र जिल्लाले गर्ने काम पनि भइरहेको पौडेलले जानकारी दिए । बोर्ड द्वारा विभिन्न जिल्ला प्रहरी कार्यालयमा पठाइएका प्रश्नपत्रहरू परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि मात्रै बिशेश सुरक्षासहित सम्बन्धित परीक्षा केन्द्रमा पठाइनेछन् । त्यस्तै उत्तरपुस्तिका समेत सातै प्रदेशबाट पठाउने काम भइसकेको छ । प्रश्नपत्र बोर्डले पठाउने गरेको छ भने उत्तरपुस्तिका प्रदेश सरकारले पठाउने गरेको छ । त्यस्तै परीक्षा सञ्चालन गर्न आवश्यक पर्ने खर्च समेत प्रदेश सरकारबाटै हुने परीक्षा नियन्त्रक पौडेलले बताए । उत्तरपुस्तिका पठाउने, परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन गर्न खर्च पठाउने काम पनि प्रदेश सरकारले गर्ने हो । यो वर्ष ५ लाख प्रश्नपत्र छापिएका छन् । परीक्षा फाराम भरेका सबै विद्यार्थीले परीक्षा दिन नआउने अनुमान गर्दै बोर्डले कुल ५ लाख मात्रै प्रश्नपत्र छापेको हो । प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक सुरक्षा मन्त्रालयले परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन गर्दै आएको हो । केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षा व्यवस्था लगायतको कार्य प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले गर्नेछ । केन्द्राध्यक्ष, निरीक्षकहरू नियुक्त गरेपछि उनीहरूले तालिम समेत प्रदान गर्ने गरिन्छ । त्यसका लागि परीक्षा हुनुभन्दा केही दिन अगाडि मात्रै तालिम दिने गर्दै आएको छ । नेपाल बाहिर जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ । जहाँ २१ जना विद्यार्थीले एसईई दिनेछन् । जापानमा परीक्षा सञ्चालनका लागि बोर्डबाट दुई जना जाने भन्ने नीतिगत व्यवस्था रहेको थियो । तर, अहिलेसम्म नगएको उनको भनाइ छ बोर्डबाट कोही नगएपछि त्यही स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्ष तोकेर परीक्षा गर्न लागिएको नियन्त्रक पौडेलले बताए । परीक्षा सञ्चालन भइसकेपछि उत्तरपुस्तिकाहरू नेपाल पठाइने र नेपालबाटै उत्तरपुस्तिका जाँच हुने उनको भनाइ छ । परिक्षा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार एसईई परिक्षा संचालन गर्न लागेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले लेटर ग्रेड निर्देशिका अनुसार पहिलो पटक एसईई गर्न लागिएको बताए । जस अनुसार पास गर्न ३५% अनिवार्य भएको जानकारी गराए।

    images
    बुधवार, चैत्र ७ २०८००१:४५:५०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल