सोमवार, चैत्र ५ २०८०
काठमाडौँ । त्रि वि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको एक वर्ष पूरा भएको छ। गत वर्ष आजकै दिन त्रिविका आंशिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो। देशैभरका ६२ वटा आङ्गिक क्याम्पसहरूमध्ये २०७९ चैत ५ गते ४४ आङ्गिक क्याम्पसहरूमा निर्वाचन भएको थियो। भने १३ वटा मा विभिन्न अवरोध सिर्जना भएको थियो। एक बर्षको यो अवसरमा स्ववियुहरूले क्याम्पसहरूले सहकार्य र सहयोग नगरेको आरोप लगाउँदै आएका छन्। त्रिविमा बि.सं २०१८/१९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो । सुरुवाती वर्षमा प्रत्येक १/१बर्षमा हुने गरेकोउक्त निर्वाचन २०३६ सालपछि भने प्रत्येक २/२ वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको थियो। त्रिविले २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको थियो। जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन तथा उपसभापति, उपसचिव र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुँदै आएका छन्। बि.सं२०७३ सालमा उपत्यकाभित्र ९ वटा र उपत्यकाबाहिर १७ वटा गरि जम्मा २६ वटा क्याम्पसमा मात्र निर्वाचन सम्पन्न भएको थियो । भने त्यसयता निर्वाचन हुन सकेको थिएन।
नवनिर्वाचित शिक्षामन्त्रीका केहि (शिक्षा क्षेत्रमा राजनिति गर्न नपाइने र शिक्षक राजनीतिबाट टाढा रहनु पर्ने) जस्ता सामाजिक संजाल मार्फत दिइएका अभिव्यक्तिहरुले भने यतिबेला सिङ्गो विद्यार्थी आन्दोलनको र विद्यार्थी आन्दोलनले नेपालि राजनीतिमा पुर्याएको योगदानकै सहन नसकिने अपमान भएको भन्दै बजार तातेको छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल