Oct 29 2026 | २०८३, कार्तिक १३गते

रोकिएको तलब पाउने सर्तमा फतुवा विजयपुर नगरपालिका र शिक्षकबीच सहमति, सोमबारदेखि परीक्षा

रोकिएको तलब पाउने सर्तमा फतुवा विजयपुर नगरपालिका र शिक्षकबीच सहमति, सोमबारदेखि परीक्षा

  • 700
    SHARES

  • phatua-bijayapur-1024x768.jpgकाठमाडौं ।चैत्र ४ रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका र आन्दोलनरत शिक्षकबीच आपसी सहमति भएको छ । आन्दोलनका कारण नगरपालिका भित्रका विद्यालयको वार्षिक परीक्षा समेत अबरुद्ध भएको थियो । सहमति भएसँगै सोमबारदेखि परीक्षा सुरू हुने भएको हो । नगरपालिकाको बजेट पास हुन नसक्दा साउनदेखि शिक्षकहरूले तलब पाएका थिएनन् । सोही कारण शिक्षकहरू आन्दोलनमा उत्रिएका थिए । नगरपालिकाका शिक्षा शाखा प्रमुख तेजनारायण यादवले चैत्र १० भित्र सबै शिक्षकहरुको तलब उपलब्ध गराउने प्रतिबद्धता संगै सहमति भएको जानकारी दिए । पालिकाले चैत्र १ बाट परीक्षा सञ्चालनको तालिका बनाएको थियो । यस पालिकाभित्र ७ माध्यमिक र २५ आधारभूत तहका विद्यालय गरि जम्मा ३२ बिधालय छन् । त्यसमध्ये ७ विद्यालयले तलब नपाएसम्म परीक्षा सञ्चालन नगर्ने अडान लिएका थिए भने बाँकीले सुरू गरे पनि शुक्रबारको परीक्षा स्थगित गरेका थिए ।

    images
    आइतवार, चैत्र ४ २०८०१०:२२:२२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल