Oct 28 2026 | २०८३, कार्तिक १२गते

शिक्षा पत्रकार समूहको अधिवेशनमा शिक्षा क्षेत्रका व्यक्तित्व तथा संस्था सम्मानित

शिक्षा पत्रकार समूहको अधिवेशनमा शिक्षा क्षेत्रका व्यक्तित्व तथा संस्था सम्मानित

  • 322
    SHARES

  • शिक्षा पत्रकार समूहको अधिवेशनमा शिक्षा क्षेत्रका व्यक्तित्व तथा संस्था सम्मानित

    काठमाडौँ । शिक्षा पत्रकार समूहको २७औँ साधारणसभा तथा १३औँ अधिवेशनका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

    कार्यक्रममा भदौ १० गतेको भोटेकोशी बाढीका क्रममा विद्यार्थीलाई सुरक्षित राख्न सफल नुवाकोटको त्रिशूली त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई सम्मान गरिएको छ।

    त्यस्तै, शिक्षा पत्रकार समूहका संस्थापक अध्यक्ष राजन शर्मा, नवप्रवर्तनात्मक कार्यका लागि रानीवारी माध्यमिक विद्यालयकी विद्यार्थी बेबिसा मगराती तथा संस्थागततर्फ सेभ द चिल्ड्रेनलाई सम्मान गरिएको हो।

    संस्थापक अध्यक्ष शर्मालाई प्रदान गरिएको शिक्षा पत्रकारिता पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ। सम्मान तथा पुरस्कार शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले प्रदान गरेका हुन्। कार्यक्रममा जिलेशन साहलाई शिक्षासेवी सम्मान प्रदान गरिएको थियो।

    कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले शैक्षिक रूपान्तरण र सुधारका लागि सरकार तथा सरोकारवालाबीच निरन्तर संवाद आवश्यक रहेकोमा जोड दिएका थिए।

    शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले शिक्षा क्षेत्रका समस्या, नीति तथा सुधारका विषयलाई तथ्यपरक रूपमा सार्वजनिक बहसमा ल्याउन शिक्षा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताए।

    नेपाल शिक्षक महासङ्घका अध्यक्ष सुन्दर पन्तले सरकारले महासङ्घले अघि सारेका मागबारे छलफल गर्न आफूहरूलाई वार्तामा बोलाउनुपर्ने माग गरे।

    शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) का अध्यक्ष लवराज ओलीले शैक्षिक रूपान्तरणका लागि शिक्षा पत्रकारसँगको सहकार्य आवश्यक रहेको बताए।

    प्याब्सनका उपाध्यक्ष दीपिका थापा रिमालले शैक्षिक सुधारमा निजी क्षेत्रको भूमिका पनि उल्लेखनीय रहेको धारणा व्यक्त गरिन्।

    images
    मंगलवार, आश्विन २० २०८३०७:३८:५०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल