Oct 28 2026 | २०८३, कार्तिक १२गते

३६ वर्षपछि पुनः सञ्चालनमा आयो ऐतिहासिक शारदा पुस्तकालय

३६ वर्षपछि पुनः सञ्चालनमा आयो ऐतिहासिक शारदा पुस्तकालय

  • 370
    SHARES

  • ३६ वर्षपछि पुनः सञ्चालनमा आयो ऐतिहासिक शारदा पुस्तकालय

     

    ललितपुर । ललितपुर महानगरपालिकाले २०४६ सालपछि बन्द अवस्थामा रहेको ऐतिहासिक शारदा पुस्तकालयलाई पुनः सञ्चालनमा ल्याएको छ। मङ्गलबजारस्थित तत्कालीन ललितपुर नगर पञ्चायतको भवनबाट सञ्चालन हुँदै आएको पुस्तकालय जनआन्दोलनपछि बन्द भएको थियो।

    ललितपुर महानगरपालिकाले आफ्नै कार्यालय भवनमा आवश्यक व्यवस्थापन गरी पुस्तकालयलाई पुनः सञ्चालनमा ल्याएको हो। पुनःस्थापित पुस्तकालयको उद्घाटन गर्दै संस्कृति शिरोमणि हरिराम जोशीले लामो समयदेखि ओझेलमा परेको पुस्तकालय पुनःजीवन पाउनु महत्वपूर्ण उपलब्धि भएको बताए।

    उनले शारदा पुस्तकालयको इतिहास ८०० वर्षभन्दा लामो रहेको उल्लेख गर्दै यसलाई जीवन्त र प्रभावकारी बनाउन विद्वान् तथा प्रबुद्ध व्यक्तिहरूको भूमिका आवश्यक रहेको बताए। पुस्तकालयलाई लामो समयसम्म उपेक्षित अवस्थामा राखिएको उल्लेख गर्दै उनले पुनःस्थापनाका लागि महानगरले गरेको पहलको प्रशंसा गरे।

    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सहरी क्षेत्रमा सार्वजनिक पुस्तकालय र ‘सिटी हल’ आवश्यक रहेको बताए। महानगरले पठन संस्कृतिको विकास र संरक्षणलाई प्राथमिकतामा राख्दै शारदा पुस्तकालय पुनः सञ्चालनमा ल्याएको उनको भनाइ छ।

    महर्जनले स्वर्गीय सत्यमोहन जोशीले शारदा पुस्तकालय पुनःस्थापनाका लागि आफूलाई पटक–पटक प्रेरित गरेको स्मरण गरे। २०४६ सालको जनआन्दोलनका क्रममा पुस्तकालयका सामग्री नष्ट वा हराएको अवस्थाबाट बाँकी सम्पदा संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्नु आफ्नो प्राथमिकता रहेको उनले बताए।

    पुस्तकालय पुनःस्थापनाका लागि पुस्तक उपलब्ध गराउने लेखक तथा प्रकाशक मीरसुब्बा नारायणप्रसाद श्रेष्ठ तथा शताब्दी पुरुष सत्यमोहन जोशीका छोरा अनुराग जोशीप्रति पनि महानगर प्रमुख महर्जनले आभार व्यक्त गरे।

    महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पठन संस्कृतिको विकासका लागि पुस्तकालयको पुनःस्थापना गरिएको बताइन्। पुस्तक ज्ञान प्राप्तिको महत्वपूर्ण प्रारम्भिक स्रोत भएको उल्लेख गर्दै उनले पुस्तकालयको महत्व नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेको धारणा राखिन्।

    लेखक तथा प्रकाशक मीरसुब्बा नारायणप्रसाद श्रेष्ठले अरनिको जस्ता विश्वप्रसिद्ध कलाकार जन्माएको ललितपुर आफैंमा ऐतिहासिक र विशिष्ट सहर भएको बताए। शारदा पुस्तकालय पुनः सञ्चालनमा ल्याएर महानगरले आफ्नो गरिमा थप उचो बनाएको उनको भनाइ थियो।

    पुस्तकालय पुनःस्थापनाका क्रममा सहयोग गर्ने त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी, नेपाल राष्ट्रिय पुस्तकालय तथा मदन पुस्तकालयप्रति महानगरपालिकाले आभार व्यक्त गरेको छ।

    images
    शनिवार, भाद्र २७ २०८३०७:२५:००

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल