आइतवार, चैत्र ४ २०८०
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले संसदीय समितिमा रहेको ‘विद्यालय शिक्षा विधेयक’ को पुनर्लेखन नमान्ने भएको छ । छलफलको क्रममा रहेको विधेयकमाथि पुनर्लेखन हुनुपर्ने चौतर्फी आवाज उठिरहेको बेला महासङ्घले उक्त प्रस्ताव मान्न तयार नरहेको बताएको हो । विधेयकमा आवश्यक संशोधन गरेर मात्रै पारित गरिनुपर्ने र पुनर्लेखन स्वीकार्य नभएको धारणा महासङ्घले व्यक्त गरेको छ । महासङ्घ अध्यक्ष कमला तुलाधर का अनुसार विधेयकमा पुनर्लेखन नभई संशोधन गरेर मात्रै अगाडि बढ्नुपर्ने बताएकिछ्न । अध्यक्ष तुलाधर भन्छिन '५२ वर्षपछि विधेयक ल्याउन खोजिएको छ । कतिपयले यसलाई पुनर्लेखन गर्नुपर्छ भनिरहेका छन् । यसको पुनर्लेखन हामीलाई कदापि स्वीकार्य हुँदैन ।यथाशीघ्र आवश्यक विषयहरू संशोधन गरेर चाँडो भन्दा चाँडो पारित गर्नुपर्छ। यदि पुनर्लेखनको पक्षमा लागियो भने ऐन आउँदैनन्’। बिद्यालय शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने विषयमा सांसदहरूले प्रस्ताव हालिसकेको भन्दै उनीहरूको प्रस्तावको आधारमा संशोधन मात्रै गर्नुपर्ने उनको भनाइ थियो । संशोधन नभई विधेयकममाथि पुनर्लेखनको कुरा गर्न थाल्यो भने ऐन नै नआउने खतरा हुने उनले बताइन् । सो विधेयकमा १५२ जना सांसदहरूले संशोधन प्रस्ताव हालेका छन् । उनीहरूको तर्फबाट १ हजार ७५८ विवरणमा संशोधन प्रस्ताव दर्ता भएका छन् । धेरै विषयमा संशोधन प्रस्ताव दर्ता भएको भन्दै कतिपय सरोकारवाला निकायले विधेयक संशोधन नभई पुनर्लेखन नै हुनुपर्ने मा जोडिएका छन्। शिक्षाविद्हरूले समेत विधेयक संशोधन नभई पुनर्लेखन गर्नुपर्ने पक्षमा आ-आफ्नो तर्क अघि सार्दै आएका छन् । महासङ्घले भने पुनर्लेखन नभई संशोधन गरेर मात्रै जानु पर्नेमा आफ्नो अडानमा अडिग रहेको बताएको हो ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल