शुक्रवार, फाल्गुण ४ २०८०
राजधानी।त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद का लागि रहेका प्रतिस्पर्धीहरूको अन्तर्वार्ता आइतबार हुने निर्णय भएको छ । छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते लिने भएको हो । अन्तर्वार्ताको समय आइतबार बिहान ८ः३० बजेदेखि सुरू हुने समितिले जनाएको छ । अन्तर्वार्ता छ्नोट समितिका सदस्य र विज्ञहरु बाट लिइने छ। उम्मेदवारहलाई दिने समय बढीमा आधा घण्टाको तोकिएको अन्तर्वार्ता लिइने समितिले जनाएको छ । उत्त पदका लागि जम्मा ४३ जनाले आवेदन दिएका थिए । जस मध्ये सर्ट लिष्टमा पर्न सफल १४ जना थिए । सर्ट लिष्टमा पर्न सफल भएकाहरुको गत माघ २९ गतेदेखि फागुन २ गतेसम्म सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो । उक्त कार्य सकिएपछि समितिले अन्तर्वार्ता लिन लागेको हो । यस अन्तर्वार्तापछि निर्णायक समितिले त्रिविको उक्त पदका लागि प्रतिस्पर्धी मध्ये उत्कृष्ट तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्ने छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल